
कालिकोट । नेकपा (माओवादी केन्द्र) सान्नि त्रिवेणी गाउँपालिका वडा नं २ मा “जनता संग माओवादी अभियान” को दोस्रो दिनको बैठक सफलतापूर्वक सम्पन्न भएको छ ।
बैठकमा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको दृष्टिकोण, नीति तथा आगामी योजनाहरू प्रस्तुत गरियो। उपस्थित स्थानीय नेता तथा कार्यकर्ताहरूले आफ्ना समस्याहरू राख्ने मौका पाए, जसमा विकास, पूर्वाधार र जनकल्याणकारी कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै समाधानका उपायहरूमा छलफल गरियो।
कार्यक्रममा पार्टीका स्थानीय नेताहरूले जनतासँगको सम्बन्ध अझ बलियो बनाउन र जनताको चाहनाअनुरूप पार्टीको भूमिकालाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरे। बैठकले जनअपेक्षा, स्थानीय आवश्यकताहरू र पार्टीको भूमिकाबारे महत्वपूर्ण विमर्श गर्दै अभियानलाई अझ सशक्त बनाउने निर्णय गरेको छ।
सहभागी स्थानीय पार्टी कार्यकर्ताहरूले यस्तो अभियानले पार्टी र जनताबीचको दूरी घटाउने र समस्याहरूको समाधानमा ठोस कदम चालिने अपेक्षा व्यक्त गरेका सान्नीत्रिवेणि गाउँपालिका इन्चार्ज मिठ्ठुदेवी बमले जानकारी दिनुभयो ।