आज :

प्रधानमन्त्रीले खेलाडीलाई बालुवाटार बधाई दिन बोलाए

काठमाडौं । १३ औँ सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिने भएका छन् ।

बुधबार दिउँसो २ बजे बालुवाटारस्थित ठूलो हलमा नेपालका पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीले बधाई दिने कार्यक्रम तय भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेपाली खेलाडीहरुले हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानी ५१ वटा स्वर्ण पदक जितेलगत्तै प्रधानमन्त्रीले मंगलबारै भिडियो सन्देशमार्फत बधाई दिइसकेका छन् ।

आज बालुवाटरमा हुने कार्यक्रममा पदक विजेता खेलाडीहरुलाई सरकारको तर्फबाट पुरस्कार पनि घोषणा गर्ने सल्लाहकार थापाले जानकारी दिए ।‘प्रधानमन्त्रीले सबै खेलाडीहरुलाई बालुवाटारमै भेटेर बधाई दिनुहुनेभएको छ’, थापाले भने, ‘त्यसक्रममा खेलाडीहरुका लागि आवश्यक सहयोग र पुरस्कार राशिको पनि घोषणाा हुनेछ ।’

एपेन्डिसाइटिस भएर मंसिर १० गतेदेखि अस्पताल भर्ना भएका उनले सागको उदघाटनमा विशेष सम्बोधन गर्न पाएका थिएनन् ।

एपेन्डिसाइटिसको अपरेशनपछि १० दिन आराम गर्नुपरेकाले मंगलबार भएको समापनमा दशरथ रंगशाला जान नपाएका उनले पदक विजेता खेलाडी, प्रशिक्षक र खेलसंस्थाका पदाधिकारीलाई भेटेर बधाई दिने भएका हुन् ।

नेपालको घरेलु भूमिमा भएको १३ औँ सागमा कीर्तिमानी ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्दै भारतपछि दोस्रो स्थानमा नेपाल रहेको थियो । नेपालले यसअघि सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा ३१ स्वर्ण जितेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal