आज :

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ

  • अनलाइन डबली

पोखरा  । पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

खुँडा प्रहारबाट घाइते भएका बराललाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा उनी उपचारपछि घर फर्किएको पनि प्रहरीले बताएको छ ।

पक्राउ परेका ठकुरीविरुद्ध जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal