आज :

उपत्यका विकास प्राधिकरण खारेजीको माग

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका मेयर तथा उपमेयरहरूको फोरमले उपत्यका विकास प्राधिकरण खारेजीको माग दोर्होएका छन् ।

स्थानीय स्वायत्त शासन नियमावली, २०५६ सँग बाझिएकाले प्राधिकरण खारेज गर्न माग गरिएको हो । १८ वटा नगरपालिकाका मेयर र उपमेयर सहभागी रहेको बैठक पछि हिजो भक्तपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले ६ बुँदे निर्णयसमेत सार्वजनिक गरेका छन् ।

स्थानीय स्वायत्त शासन ऐनको परिच्छेद ३ मा नगर परिषदको काम, कर्तव्य, अधिकार र समितिले स्थानीय क्षेत्रको पूर्वाधार र संरचना विकास समिति बनाउन सक्ने उल्लेख छ ।

ऐनको दफा ९४ को उपदफा (३) को प्रयोजनको लागि नगर परिषदले कुनै एक सदस्यको अध्यक्षतामा ३ सदस्यीय विषयगत समिति बनाउन सक्ने भएकाले प्राधिकरणको औचित्य नरहेको फोरमको दाबी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal