आज :

अवैधानिक शुल्क फिर्ता माग गर्दै युनिभर्सल कलेजका विद्यार्थीले गरे तालाबन्दी

भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साइन्सले अवैधानिक रूपमा लिएको शुल्क फिर्ता माग्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

बिडिएस र एमबिबिएस पढ्ने विद्यार्थीहरुले कलेजको प्रशासनिक, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेका हुन् । कलेजको शैक्षिक तथा प्रशासनिक काम पूर्ण रुपमा ठप्प छ ।

२४ घण्टाभित्र शुल्क फिर्ता नभए कलेजबाट इन्ट्रनमा खटेका चिकित्सकहरु समेत काम नगर्ने चेतावनी दिएका छन् । विद्यार्थीले बिरामीको संवेदनशीलतालाई बुझ्नुपर्ने भन्दै उपचार सेवा भने सुचारु गर्न दिएका छन् ।

कलेज प्रशासनले शुल्क समायोजन गर्न माथिल्लो निकायबाट तयारी भएकाले केही समय लाग्ने बताएको छ । शुल्क फिर्तालगायतको मागसहित युनिभर्सल मेडिकल कलेजका विद्यार्थी कात्र्तिक १४ गतेदेखि आन्दोलनमा रहेका छन् ।

सरकारले बिडिएसका लागि १९ लाख ३२ हजार र एमबिबिएसका लागि ४२ लाख ५० हजार शुल्क निर्धारण गरेको छ । मेडिकल कलेजले त्यस बाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् । आन्दोलनका कारण वार्षिक परीक्षा समेत स्थगित छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal