आज :

जनयुद्ध दिवसकै दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा कालु गुरुङलाई सामाजिक बहिस्कार अभियान

  • अनलाइन डबली

काठमाडौँ । विवादित छविका व्यवसायी कालु गुरुङलाई सामाजिक बहिस्कार अभियान सुरु गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनयुद्ध दिवसको अबसर पारेर काठमाडौँका मुख्य शहर र चोकमा पोष्टर टाँसेर गुरुङलाई सामाजिक बहिस्कार अभियान सुरु गरेको हो ।

गुरुङ जोडिएका विभिन्न प्रकरण र काण्डालाई पोष्टरमा बुँदागत रुपमा उल्लेख गरिएको छ । काठमाडौँकाे मिनभवन आसपास, चावहिल, सुन्धारा, बुढानिलकण्ठ, चक्रपथ, साँखु, कलंकीलगायतका क्षेत्रमा पोष्टर टाँसेर सामाजिक बहिस्कार अभियान सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका एक नेताले जानकारी दिए ।

गुरुङले पहुँच र शक्तिको आडमा जनयुद्धकालमा कैलालीलगायत देशका विभिन्न ठाउँमा सामन्तको जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको उठिबास लगाएको, मीनभवनस्थित गणेश अवाले परिवारको पूर्खौली जग्गा जबरजस्त कब्जा गरी उठिबास लगाउन लागेको, गुरुङ समुदायका सयौं व्यक्तिको करोडौं रकम अपचलन गरेको, नेकपा एमालेलाई जग्गादान गरेर युनिट गठी प्रकरण डिसमिस गर्न खोजेको,  सार्वजनिक तथा व्यक्तिका जग्गा हड्प्ने गरेको, भूखण्डकरण गर्ने गरेको, विदेशी गिराेहकाे अवैध सम्पत्ति परिचालन गर्ने गरेकाेलगायतका १५ आरोप पोष्टरमा उल्लेख गरिएकाे छ ।

त्यसैगरी गुरुङमाथि प्लटिङको नाममा भक्तपुरलगायतका ठाउँमा सार्वजनिक राजकुलो समेत सरकारी कर्मचारीको सेटिङ्मा लुटेको, काठमाडौंको महराजगंजस्थित एक मोहीको जग्गा कब्जा गरेको, करछलिलगायतका काण्डमा मुछिएका मीनबहादुर गुरूङसँग मिलेर बैंक र वित्तिय संस्थाको अर्बौं रकम अपचलन गरी राष्ट्रिय अर्थतन्त्र संकटमा पारेको, केही भ्रष्ट न्यायाधीशहरु, भ्रष्ट प्रहरीका अधिकृतहरु, भ्रष्ट सरकारी कर्मचारीहरु र केही भ्रष्ट नेताको अरबौंको अवैध धनलाई परिचालन गर्ने गरेको पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले गम्भीर आरोप लगाएको छ ।

त्यसैगरी केही ठूला भनिएका संचारमाध्यमका मालिकलाई अपार्टमेन्टको लोभ देखाएर गणेश अवाले परिवारको उठिबास लगाउन लागिपरेको आरोप समेत लगाइएको छ ।

गुरुङले आफ्ना कुकर्म नसच्याए बहिस्कार अभियानलाई देशव्यापीरुप बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनाएको छ ।

सामाजिक बहिस्कार गर्नुका १५ कारण यस्ता छन् 

– भू–खण्डिकरण गर्ने भूमाफिया तथा दलाल भएकोले ।

– काठमाडौँ नयाँबानेश्वरस्थित गणेशलाल अवाले परिवारको जग्गा कब्जा अन्यायापूर्ण तरिकाले कब्जा गरी सुकुम्बासी बनाउन उद्दत रहेकोले ।

– कथित ठूला मिडियाका मालिकलाई अपार्टमेन्टको लोभ देखाएर गणेश अवाले परिवारको उठिबास लगाउन सेटिङ गरेकोले ।

– केही राजनीतिक दलका नेतालाई आर्थिक प्रभावमा पारी जनयुद्धकालमा कैलालीलगायत देशका विभिन्न ठाउँमा सामन्तको जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको उठिबास लगाएकोले ।

– विवादित व्यवसायी मिनबहादुर गुरुङसँग मिलेर नेकपा एमालेलाई कीर्तिपुरमा जग्गा दान दिएर सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको युनिटी ठगी मुद्दा प्रभावित पार्न दौडधुप गरेकोले ।

– सोझासीधा गुरुङ समुदायका दुईसय जनासँग लिएको करोडौं रकम बर्षौंसम्म गुण्डाशैलीमा अपचलन गरेकोले ।

– घाटामा गएको अन्नपूर्ण केबल कारमा सर्वसाधारणलाई शेयरको नाममा अर्बौं रकम संकलन गरी व्यक्तिगत रुपमा अपलचन गरेकोले ।

– युटिनी प्रकरणका पीडितहरुले पाउनुपर्ने अरबौंको जग्गा आफ्नो नाममा गरेको र गुरुङ, मगर, क्षेत्रि, तामाङलगाय विभिन्न समुदायका व्यक्तिहरुको करोडौं रकम एकलौटी खाएकोले ।

– काठमाडौंको सतुंगल, बुढानिलकण्ठ, डिल्लीबजार, चपली, भद्रकाली, गंगबु, सानोभ¥याङ, कलंकी, बल्खु, ललितपुरको सुनाकोठी, भक्तपुरमा स्थानीयलाई भ्रमजालमा पारेर सयौं रोपनी जग्गा लुटेकोले ।

– प्लटिङको नाममा भक्तपुरमा सार्वजनिक राजकुलो समेत सरकारी कर्मचारीको सेटिङ्मा लुटेकोले ।

– काठमाडौंको महराजगंजस्थित एक मोहीको जग्गा कब्जा गरेकोले ।

– अन्तर्राष्ट्रिय अपराधिक समूहको अर्बौं रुपैयाँ नेपालमा अवैध रुपमा भित्र्याएर विभिन्न क्षेत्रमा अवैध काममा परिचालन गरेकोले ।

– नेपाली जनतालाई लुटेका केही भ्रष्ट न्यायाधीशहरु, भ्रष्ट प्रहरीका अधिकृतहरु, भ्रष्ट सरकारी कर्मचारीहरु र केही भ्रष्ट नेताको अरबौंको अवैध धनलाई परिचालन गर्ने गरेकोले ।

– गैरव्यवसाय गरी अर्बौंको करछली देशको अर्थचन्त्र लुटेका विवादित व्यवसायी मिनबहादुर गुरुङसँगको मिलेमतोमा बैंक र वित्तिय संस्थाको अर्बौं रकम अपचलन गरी राष्ट्रिय अर्थतन्त्र संकटमा पारेकोले ।

– यातायात व्यवसायमा खलासी पेशाबाट करियर सुरु गरेका गुरुङ अब्बल, योग्यता र सीप पनि नदेखिएको तर जनतलाई लुटेर अर्बौं गैरकानुनी सम्पत्ति आर्जन गरेकोले ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal