
काठमाडौँ ।चैथो निप्स ताफिसा २०२५ भब्य रुपमा सम्पन्न भएको छ। युवा तथा खेलकुद मन्त्री माननिय तेजुलाल चौधरीज्युको बिशिस्ट आतित्थ, नेपाल ओलिम्पिक कमिटीको उपाध्यक्ष्य चतुरानन्द राजबैध्यज्युको प्रमुख आतित्थ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङज्युको बिशेस आतित्थ तथा अन्य खेल सम्बधी राष्ट्रिय ब्यक्तित्वहरुको उपस्थितीमा शनिबार राष्ट्रिय प्रहरी स्पोर्टस क्लब महाराजगुन्जमा ।चैथो निप्स ताफिसा सम्पन्न भएको हो ।
सो खेलकुद कार्यक्रममा जम्मा २१ वटा मन्टेस्सोरी स्कुलका जम्मा ४२५ बालबालिकाहरुले उत्साहपुर्ब भाग लिएका थिए ।
कार्येक्रममा मन्त्री चौधरीले निजीस्तरबाट भब्यरुपमा आयोजना गरिएको यस कार्यक्रमलाई अबका दिनहरुमा सहयोग गर्ने अश्वासन दिनु भयो।
उहाले म्यान टिम, सम्पूर्ण आयोजक कमिटी, अभिभावक,नानीबाबुहरु तथा टिचरहरुलाई बधाइ तथा धन्यवाद दिनु भयो। सोही अवसरमा महासचिव शितल रिजालले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै, अद्यक्ष्य सुश्मा लामाले १७० वटा राष्ट् सदस्य रहेको अन्तरराष्ट्रिय खेल संस्था ताफिसाको म्यान सदस्य रहेको र खेल सम्बन्धी गतिबिधी बारे जानकारी गराउदै कोषाध्क्ष अप्सना राणाले सबैलाई धन्यवाद ग्यापन गर्नु भयो ।