आज :

भारतीय हस्तक्षेप स्वीकार नहुने : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले भारतले गरेको हस्तक्षेप स्वकार्य नहुने बताएका छन् ।

प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा शैह्य नहुने बताए ।

‘यसबारेमा मैले पूर्ण रुपमा बुझन पाएको छैन । तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन । उनले भने ‘ सीमाका विषयमा हामि कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैंनौं । ’

आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उनले चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताए ।

‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसंग यस विषयमा मैले स्पष्ट कुरा राखेको थिएँ । ’ उनले भने ‘तर भारतले फेरि पनि एकतर्फी हस्तक्षेप गरेको मान्य हुँदैन । सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्नेछ ।’ अर्को प्रसंगमा बोल्दै उनले हालको सरकार परिवर्तन हुने हल्ला निराधार भएको दाबी गरे ।

जनताले दुइ तिहाइ मत दिएर पठाएको सरकारले ५ वर्ष अविचलित रुपमा काम गर्ने उनको भनाई थियो । ‘सरकार परिवर्तन हुने र म प्रधानमन्त्री हुने भन्ने हल्ला निराधार हो । हल्लाका पछि नलाग्दा हुन्छ । ’ उनले भने ‘सरकार ५ वर्षसम्म परिवर्तन हुँदैन ।’ दाङ प्रदेशकै केन्द्रका रुपमा रहेको भन्दै उनले राजधानीका सवालमा पनि दाङ केन्द्र बन्न सक्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal