
चलचित्र नभ्यको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ब्यानर कम्पनी लुःजः इन्टरटेनमेन्टकै युट्युब च्यानलमार्फत शुक्रबार चैत्र १ गतेको दिन चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको ट्रेलरको अवधि ३ मिनेट ९ सेकेन्डको रहेको । यस अघि करीब दुई हप्ता अघि फेब्रुअरी २६ को दिनमा उक्त चलचित्रको टीजर सार्वजनिक भएको छ । चलचित्रका निर्माता साथै निर्देशक लुःजः सिंहले दर्शकमा उत्सुकता जगाउने हिसाबले अमूर्तको किसिमको टीजर बनाएको र अब ट्रेलरको कथावस्तु बुझ्न सकिने बताए । ‘अब यो ट्रेलरले चलचित्रको कथावस्तु दर्शकमाझ ल्याइसकेको छ । चलचित्र चाँडै नै रिलिज गर्ने तयारीमा छु । त्यसअघि ट्रेलर हेरेर आफुलाई के लाग्यो, प्रतिक्रिया दिनुहोला’ निर्माता निर्देशक सिंहले भने ।
यसै ट्रेलरमार्फत गायिका रीमा गुरुङको आवाज रहेको चलचित्रको एउटा गीत ‘मायाको ऐठन’ को केही अंश पनि सार्वजनिक भएको छ । निर्माता निर्देशक सिंहका अनुसार यहि गीतले चलचित्रको कथावस्तुलाई डो¥याइरहेको छ । यहि गीतलाई संगीतकार सुमन कपालीको स्वरमा पनि रेकर्ड गरिएको छ । यस भन्दा अघि रीमा गुरुङकै स्वर रहेको यस चलचित्रको गीत ‘नशामा’ को लिरिकल भिडियो सार्वजनिक भइसकेको छ । यहि चैत्र महिनामा चलचित्रको विशेष प्रदर्शनी गर्ने तयारी भइरहेको सिंहले बताए । चलचित्र प्रदर्शनीको मिति केही दिनमै घोषणा गर्ने सिंहले जानकारी दिए । यसै ट्रेलरसँगै चलचित्रको तीन वटा पोस्टर पनि सार्वजनिक भइसकेको छ ।
यस चलचित्रमा कलाकार आशिष्मा नकर्मी, प्रेक्षा अधिकारी, प्रशन्न गोपाली, विकास न्यौपाने र अभिनव अर्यालको मुख्य भूमिका रहेको छ । प्रवीण महर्जन (माडे) कार्यकारी निर्माता रहेको चलचित्रलाई विप्लब आर. पोखरेल र लुःजः सिंहले निर्देशन गरेका छन् । छायाङ्नक र दृश्य सम्पादन पनि सिंहले नै गरेका छन् ।
तल फोटोमा क्लिक गरि हेर्नुहोला -चलचित्र नभ्यको ट्रेलर