
कालिकोट — शुक्रबार तिलागुफा नगरपालिका वडा नम्बर २ मा नेकपा (माओवादी केन्द्र) को वडा सम्मेलन सम्पन्न भएको छ। लाल बहादुर बोहोरा अध्यक्ष रहने गरी २९ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको छ।
नयाँ नेतृत्वले पार्टीलाई गाउँ-गाउँमा सशक्त रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सम्मेलनले पार्टी सुदृढीकरण, संगठन विस्तार र स्थानीय विकास एजेन्डालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
नेकपा (माओवादी केन्द्र) नगर कमिटी अध्यक्ष प्रेम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १० जना अन्य पार्टीका नेता तथा कार्यकर्ता (माओवादी केन्द्र)मा प्रवेश गरेका थिए ।
प्रवेश गर्नेहरुमा तिलागुफा नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव सत नेपाली, वडा नम्बर १ का एमाले कार्यकर्ता सोबन भेरिकार, नेपाली कांग्रेसबाट सुनिता कार्कि, धना बिक, धनपुरा रावत,असाडि बिक, बिजपुरा बुढा,लालकैरा बिक तथा स्वतन्त्रबाट भिमराज कटुवाल र दिपेन्द्र कटुवाल रहेका छन् ।