आज :

ऐतिहासिक तथा सांस्कृतिक महत्वको कमलपोखरी संरक्षणको माग गर्दै बौद्ध भिक्षुहरूले गरे प्रदर्शन

  • अनलाइन डबली

  काठमाडौँ ।थ बहि:(ठमेल)स्थित व्यापारिक भवन ‘छायादेवी कम्प्लेस ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग  गर्दै बौद्ध भिक्षुहरू तथा स्थानीय बासिन्दाले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

बौध भिक्षु धम्मानन्दको नेतृत्वमा शुक्रबार भगवान छायाँदेबी कम्प्लेक्स अगाडी सहभागीहरूलेया ऐतिहासिक ‘पुरातात्त्विक सम्पदा मास्नेहरुलाई कारवाही गर’ तथा ‘ठमेलस्थित सांस्कृतिक कमलपोखरी पुनःस्थापना गर’ जस्ता नारा लेखिएका ब्यानर सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनका दौरान   उनीहरूले घण्टा धुनुका साथ ऐतिहासिक तथा सांस्कृतिक महत्वको कमलपोखरी अतिक्रमण गरि ब्यापारी कम्प्लेस निर्माण गरेको भन्दै विरोध गरेका थिए।
ऐतिहासिक बिक्रम शिल बौद्ध महाविहारको इतिहास संग जोडिएको  सरकारी कमलपोखरी र वारिपरीको १२ रोपनी १३ आना २ पैसा २ दाममा फैलिएको कमलपोखरी बौद्ध धर्म ग्रन्थ ‘लोतस सूत्र’ अनुसार लिच्छविकालमा निर्माण भएको मानिन्छ। प्रदर्शनकारीहरूले सरकारलाई ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गर्दै अविलम्ब पोखरिनै  पुनःस्थापनाको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
यस विषयमा विशेष अध्ययन तथा छलफल भइरहेको र स्थानीय समुदायले पनि आफ्नो सांस्कृतिक पहिचान जोगाउन आन्दोलन चर्काउने तयारी गरिरहेको जानकारी दिइएको छ।

श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठी ( विक्रमशिल महाविहार )को ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेस छायासेन्टर निर्माण गरेको भन्दै स्थानीय गुठियार तथा सम्पदा संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गर्दै सर्वोच्चअदालतमा दायर गरेको मुद्दा नसकिएको अबस्थामा छ ।

  के हो लिक्ष्छविकालमा बिकास भएको  बिक्रम शिल बौद्ध महाविहारको इतिहास ?

नेपाल भाषामा ‘ थँ ’ को अर्थ जेष्ठता , उच्चता अग्लो र माथिल्लो हो । थँवहिल इलाका यँगाल, लगन, इन्द्रचोक  भन्दा माथि अर्थात अग्लो ठाउंमा परेकाले यस ठाउंमा श्रेष्ठ प्रधानद्वारा क्रमशील धर्मधातु राजमहाविहारलाई थँवहिल भनिएको हो । थँवहिल शब्द अपभ्रंश हुँदा ठमेल बन्न पुग्यो , जसरी कीर्तिपुरको चोयबहा: ( उच्च ठाउँमा रहेको बुद्ध विहार )  चोभार बन्न गयो ।

राजा गुणकामदेवले ने स . १०६ ताका कान्तिपुर नगरलाई व्यवस्थित ढंगमा बसाउँदा थमग्राम भनिने थँवहिल काठमाडी नगरदेखि बाहिर एकलास – एकान्त र छुट्टै स्थानमा थियो । नगरलाई ठहिटी क्वा बहालदेखि असन माछा देवतासम्म चधुपुर्द , माछा देवतादेखि मखन बहालसम्म दथुपुँई, मखन देखि मरूसत्तल ( काष्ठमण्डप ) सम्म लायकुपुई र काष्ठमण्डप मरूसत.देखि यंगाल हिटीसम्म क्वथुपुई गरी जम्मा ४ प्रशासनिक एकाइमा वर्गीकरण गरिएको थियो । चारवटा पुईभित्र १८ वटा बज्राचार्यको मूल महाविहार र १६ शाक्यको बुद्ध विहार रहेका छन् । तर यी कुनै पनि बिहार र महाविहारसँग कुनै सम्बन्ध नरहेका प्रधान जातका श्रेष्ठको बहिल बुद्ध बिहार दे आचार्य गुथिसँग पनि सम्बन्धित छैन् ।

ने.सं. ३४४ मा निर्मित थँवहि ( विक्रमशील महाविहारको मूलदेवता सिंहसार्थवाह ( गरूड भगवान ) लाई मूल मानी पुज्ने परम्परा छ । सिंहसार्थवाह प्रधानका पुर्खा हुन् , बिहारका हरेक पूजा , पर्व , जात्रालगायत कार्य , काठमाडी नगरभित्रका वटा कलमा बसोबास गर्ने मान प्रधान , लाल प्रधान , प्रसाद प्रधान र नरसिंह प्रधानको नेतृत्वमा ती कव:मा पनि तखाछें कब , दुनेछें कव: , तासीचुक कव: र पिण्याछे कव: , मुख्य ताला बक , तर्ध कब र असं कव:का प्रधान श्रेष्ठहरू सहायक हुन् ।  बालाजुमाथि जामाचो नागार्जुन चेत्यलाई दुगुद्यो र पुरानो गुहेश्वरी मनमैजुलाई आँगनदेवता मान्ने  थँवहिलका प्रधानहरू उपत्यकावासी श्रेष्ठ बुद्धधर्मावलम्बीको आस्था केन्द्र पनि हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal