आज :

दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु

  • अनलाइन डबली

काठमाडौं । नेपाल डेरी एसोसिएसनले काठमाडौँबाट पनि मोहीको लेबलिङ र प्याकेजिङको सुरुवात गरेको छ । एसोसिएसनले शुरु गरेको मोही अभियान सार्थक रुपमा सफल भइ देशभर प्याकेजिङ भइरहेको अवस्थामा आज (शनिबार) पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारबाट लेबलिङ र प्याकेजिङ सुरु गरेको हो ।

सोही क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले देशभित्रै उत्पादित वस्तु र मौलिक उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्छ भनेर अभियान सुरु गरेको जानकारी दिए । उनले मोही उत्पादन र व्यापार राम्रो भइरहेको बताए ।

उनले भने, ‘मोही अभियान दुई वर्षका लागि सम्झौता गरेर ‘निशुल्क मोही खुवाउने ठेकीमा पारेर’ भन्ने अभियान सुरु गरेका थियौं । डेढ बर्षको समयमा देशभर लगभग १३ वटा डेरीहरुले यसरी लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ् गरेर बजारमा मोही पुर्याइरहेका छन् । यसले मोही बनाउने घरमा पाहुनाहरुलाई मोहीले स्वागत गर्ने मौलिक परम्परा बचाउने काम गर्छ । पछिल्लो समय अन्य वस्तुहरुले यसको ठाँउ लिएको थियो । त्यसकारण पनि निःशुल्क मोही दिएर यसको प्रचारप्रसार गरेको छ ।’

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal