आज :

सीको पहिलो राजनीतिक भेट देउवासँग, समय ७ मिनेट 

काठमाडौं । दुईदिने नेपाल भ्रमणको लागि चिनियाँ राष्ट्रपति भारतको चेन्नाइबाट नेपालका लागि नेपालीको लागि उडिसकेका छन् । नेपाली समयअनुसार राष्ट्रपति सी ४ः५५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका छन् ।

राष्ट्रपति सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली एयरपोर्ट पुग्नेछन् । विमानस्थलमा राष्ट्रपति सीलाई नेपाली सेनाले २१ तोपको सलामी दिनेछ । राष्ट्रपति सलामी र स्वागत पछि सोल्टी होटल प्रस्थान गर्नेछन् ।

केही समय आराम गरेपछि सी राष्ट्रपति भवन शीतल निवास जानेछन् । त्यहाँ नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीसँग आधा घण्टासम्म भेटवार्ता हुनेछ । त्यसपछि सी पुनः सोल्टी होटल फर्किने छन् । राष्ट्रपति सीले त्यसपछि प्रमखु प्रतिपक्षी नेपाली काँग्रेका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति भण्डारी पछि सीको देउवासँगको भेट पहिलो हुनेछ । देउवाको लागि सीले ७ मिनेट छुट्‍याएका बताइएको छ । त्यसपछिको भेट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग हुनेछ ।

दुबै भेट सकेर सी रात्रिभोजमा सहभागी हुनेछन् । भोज ७ बजेबाट सुरु भएर राति ९ बजेसम्म चल्नेछ । त्यसक्रममा विभिन्न राजनीतिकसँगै कुटनीति र सुरक्षासँग सम्बन्धित व्यक्‍तित्वसँग सीले परिचयसँगै छोटो कुराकारी गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal