आज :

विप्लवको ताजा अन्तरवार्ताः कुर्सीमा बसेर बहस गर्न तयार छौं (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीले युद्धको घोषणा नगरेको बताउँदै शान्तिपूर्ण निकासको लागि बहस गर्न तयार रहेको बताएका छन् । विप्लवले पार्टी निकट रातो खबरलाई अन्तरवार्ता दिँदै एनसेल, अरुण र अपरकर्णाली देशको हितमा नभएको आफ्नो पार्टीले कारवाही गरेको बताउँदै फेरि पनि गर्ने बताएका छन् ।

अन्तरवार्ताको क्रममा विप्लवले आफूहरु रत्नपार्कमा कुर्सीमा बसेर बार्ता गर्न तयार रहेको बताएका छन् । तर सरकारले आफ्नो लुट लुकाउन प्रतिबन्द लगाएको बताए ।

त्यसैगरी सर्वोच्च अदालतले एनसेलबारे गरेको पछिल्लो फैसला देशविरुद्धमा नभएको भन्दै त्यसविरुद्ध संघर्ष घोषणा गरेको बताए । उनले अन्य पार्टीमाथि प्रश्न गर्दै एनसेल प्रकरणमा सबै नेताहरु फसेको बताए । उनले एनसेललाई नेपालबाटै लखेट्ने चेतावनी दिए ।

विस्तृत अन्तरवार्ता 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal