
काठमाडौं । ३०औं जनयुद्धको अवसर पारेर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले विवादित व्यवसायी कालु गुरुङलाई सामाजिक वहिस्कारको सुरुवात गरेको छ । २०८१ फागुन १ गते राजधानी काठमाडौंका मुख्य स्थाननहरुमा पोष्टर टाँसेर गुरुङका विषयमा पर्दाफास गरेको जनाएको छ । मिनबहादुर गुरुङसँग मिलेर एमालेलाई जग्गा दान गर्ने कालु गुरुङले मिनभवनस्थित गणेश लाल अवाले परिवारको ४ रोपनी ८ आना जग्गालाई हडपेको भन्दै सो पार्टीले उनलाई कारबाहीको चेतावनी दिएको छ ।