आज :

एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै उच्च स्कोर

  • अनलाइन डबली

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको एनपीएलमा दोस्रो शतक प्रहार भएको छ । चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गरे। उनले ५३ बलमा ८ छ्क्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे। जारी एनपीएलमा शतक हिर्काउने उनी दोस्रो खेलाडी समेत बने ।

यसअघि पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाएका थिए। सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका थिए । एनपीएल इतिहासको यो पाचौं शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ ।

पहिलो संस्करणमा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए ।

गत संस्करणमा नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए । १ सय १४ रन नै वाटको नाममा एकै खेलमा सर्वाधिक बढी रन बनाउने खेलाडीको रेकर्ड समेत छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal