आज :

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुदैँ

  • अनलाइन डबली

काठमाडौं । टीकापुर साहित्य महोत्सव २०८२ चैत्र १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने भएको छ ।
पत्रकार सम्मेलन गर्दै टीकापुर साहित्य समाजले टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण हुने जानकारी दिएको हो ।
महोत्सवको पूर्वसन्ध्यामा विद्वत प्रवचन, विद्यालय तथा माध्यमिक विद्यालयहरुमा नाटककार अशेष मल्लद्वारा लिखित सन्देशमूलक सडक नाटक प्रदर्शन, विद्यालयहरुमा अध्ययनरत लेखनमा अभिरूचि भएका विद्यार्थीका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको आयोजना गरिने छ ।
महोत्सवमा बहसका साथै सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव, दोस्रो दिन गजल श्रवण तथा विद्यार्थीको सांस्कृतिक कार्यक्रम र तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सव गरिनेछ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हुन गइरहेको टीकापुर साहित्य महोत्सवको मुख्य प्रवर्धकका रुपमा सुदूरपश्चिम प्रदेश सरकार रहनेछ भने नेपाल पर्यटन बोर्ड महोत्सवको सहप्रवद्र्धक रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal