आज :

साइबर ब्यूरोसँग बयान दिएर फर्किएपछि बस्नेतले भने–बालेनको योजनामा नेताहरुको घर लोकेट गरियाे

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले विदेशी शक्तिकेन्द्रका एजेण्टले अवैधानिक रुपमा राज्यका संयन्त्र कब्जा गर्न खोजिरहेको बताएका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोलाई बयान दिएर फर्किएपछि पत्रकार सम्मेलन गर्दै बस्नेतले विदेशी एजेन्टले बालेन शाह र सुधन गुरुङजस्ता पात्रलाई अगाडि सारेको आरोप पनि लगाए ।

‘विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेन्टहरू अवैधानिक रूपमा हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दैछन् । त्यो पात्रको रूपमा सुदन गुरुङजस्ता मानिसलाई एम्बुस बनाएर पड्काउन खोजिँदैछ । सुदन गुरुङ बालेनको योजनामा केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् र डेलिगेसन जान्छन्’ बस्नेतले भने ।

काठमाडौँका मेयर बालेन शाहको योजनामा जेनजी आन्दोलनका नाममा प्रत्येक नेताहरुको घर लोकेट गरेको, अहिलेपनि साइबर अपराधमार्फत लुटपाट भइरहेको भन्दै गृहमन्त्रलाय त्यसैको संरक्षणमा लागेको बताए । सुधनलाई उरन्ठेउलो केटो भन्दै बस्नेतले भने, ‘सुदन गुरुङ नामको उरन्ठेउलो केटाले अनाधिकृत रूपमा सरकार र सरकारी निकायलाई निर्देशन दिन उद्यत रहेको छ ।’

त्यसअघि महेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्यूरोले बयान लिएको थियो । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । पाठकले उजुरी दिएको लामो समयसम्म साइबर ब्यूरोले बयान लिएको थिएन । तर, जेनजी आन्दोलनसँगै नयाँ सरकार आएपछि बस्नेतसँग प्रहरीले पहिलो पटक बयान दिएको हो ।

बस्नेत बुधबार बिहान साइबर ब्युरो पुगेर बयान दिएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal