
काठमाडौँ । पाकिस्तान दूतावासको आयोजनामा उर्दु साहित्यिक कार्यक्रम – कविता गोष्ठी “अल्मी मुशायरा; उर्दू, शाइरी की जुबान” सम्पन्न भएको छ।
साहित्य एकेडमी नेपालको सहकार्यमा आज भएको कार्यक्रममा विशेष अतिथिहरू नेकपा एमालेका सांसद सिराज अहमद फारुकी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद कल्पना मिया लगायत उर्दू उत्साहीहरूका साथै राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक कार्यकर्ताहरू ,पाकिस्तानी दूतावासका अधिकारीहरूकोउपस्थिति रहेको थिए।
कार्यक्रमको उद्देश्य पाकिस्तान र नेपालबिचको साहित्यिक सम्बन्धलाई उजागर गर्नु र विशेष गरी सांस्कृतिक क्षेत्रमा मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नु रहेको छ।
साहित्य अकादमी, नेपालका अध्यक्ष डा. साकिब हारूनी, डा. जफर एलिग, डा. अफजल मङ्गलोरी, फुरकान फैजी, मुशर्रफ अली खान, जहिद आजाद झन्डा नगरी, गालिब दरिब, अल्ताफ फरिफ्ता र सपना अहसास लगायत प्रसिद्ध उर्दू कविहरूले आआफ्नो काव्य रचना वाचन गरे ।
सहभागीहरुले संस्कृति र कलाको प्रवर्द्धन गर्न पाकिस्तान सरकारले गरेको प्रयास र नेपालमा यसको प्रदर्शन तथा उर्दू कविहरूलाई एकसाथ ल्याउन र उर्दू भाषाको प्रवर्द्धनका लागि पाकिस्तानको दूतावासको भूमिका प्रति प्रशंसा गरे। नेपाली चलचित्र निर्देशक तथा लेखक प्रकाश सयामीले उर्दू भाषाको कविता साहित्यको व्याख्या गरे।
यसै गरि नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीले साहित्य अकादमी, नेपाल र व्यक्तिगत कविहरूलाई उर्दू भाषामा योगदानका लागि धन्यवाद दिए। उनले नेपाल र पाकिस्तानका साहित्यिक संस्थाहरू, विशेष गरी साहित्यको आदानप्रदान र उर्दू र नेपाली जस्ता भाषाहरूको प्रवर्द्धनका लागि सहयोगलाई गहिरो बनाउने महत्त्वलाई पनि प्रकाश पार्नुभयो।