आज :

गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म संसद बैठक चल्न नदिने माओवादीसहित विपक्षी दलको निर्णय

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म संसद बैठक चल्न नदिने विपक्षी दलले निर्णय गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलको बैठकले निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको बैठकले रास्वपा, नेकपा एकीकृत समाजवादी पार्टीलगायत विपक्षमा रहेका साना दलका नेताहरुले आफ्नो अडानबाट पछि नहट्ने निर्णय गरेका हुन् ।

भिजिट भिसा प्रकरण बिबादमा मुछिएपछि विपक्षी दलहरुले गृहमन्त्री लेखकको राजिनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
यसैबीच सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसले गृहमन्त्रीले राजिनामा नदिने संसदमा जवाफ दिने भएका छन् । विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री लेखकबीच भएको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।

विपक्षी दलले संसद बैठक अवरुद्ध गरेपनि सभामुख देवराज घिमिरेले पेलेरै गृहमन्त्रीलाई बोल्न समय दिने तयारी सत्तारुढ दलका रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal