आज :

अमेरिकामा फेरि फैलियाे काेराेनाः एक सातामै ३५० अमेरिकनकाे मृत्यु, ट्रम्प प्रशासन तनावमा

  • अनलाइन डबली

काठमाडाैँ । अमेरिकामा फेरि कोरोना संक्रमणले महामारीकाे रूप लिने देखिएकाे छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरूका अनुसार सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या पहिलेको तुलनामा कम भएपनि चिन्ता भने कायमै रहेको उसले जनाएको छ ।

कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियामा तिब्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अझ छिटो फैलिने देखिएको छ । यद्यपि यसको गम्भीरताबारे अनुसन्धान भने जारी रहेको सिडिसीले जनाएको छ।

खासमा अमेरिकामा २३ प्रतिशत वयस्कहरूले मात्र अद्यावधिक खोप लिएका छन्। यो संख्या बालबालिकामा पनि कम छ, केवल १३ प्रतिशत मात्रै । समयसँगै खोप नलिनु र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु दुवै कारण यो समस्या बनिरहेको विज्ञहरू बताउँछन् ।

नयाँ भाइरसले वृद्धवृद्धा र पहिलेदेखि नै बिरामी भएकाहरूलाई बढी असर गरिरहेको छ। त्यसैले ६५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई प्रत्येक ६ महिनामा दुई डोज खोप लिन सल्लाह सिडिसीले दिएको छ।

अर्को ठूलो कारण भनेको अवस्था बिग्रिएसम्म मानिसहरू उपचार गर्न नखोज्नु पनि मानिएको छ । मोल्नुपिराभिर (मर्क), प्याक्सलोभिड, फाइजरं जस्ता एन्टिभाइरल चक्कीहरू अमेरिकामा उपलब्ध छन्, जुन लक्षणहरू देखा परेको पाँच दिन भित्र लिन सकिन्छ। तर, धेरैले सही समयमा सो औषधी प्रयोग गर्दैनन्।

समयमै परीक्षण र औषधिले गम्भीर संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal