
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको सह–इन्चार्जको जिम्मेवारीमा पार्टी केन्द्रीय सदस्य गोविन्द आचार्य आएका छन् । आचार्य पार्टी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिवसमेत रहेका छन् ।
यस्तै सेन्टरका निवर्तमान अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य विष्णु सापकोटा ‘जुगल’लाई आइसीटी फोरमको सहइन्चार्जको जिम्मेवारी दिएको छ । संगठनका निवर्तमान उपाध्यक्ष निर्मल ज्ञवालीलाई आइसीटी फोरमको अध्यक्षको जिम्मेवारी दिएको छ ।
त्यसैगरी पार्टीले यस अघि संगठनका पूर्व अध्यक्ष बलराम थापालाई पार्टीको प्रचार विभागको सचिवको जिम्मेवारी दिएको छ ।