
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले राजिनामा नदिने दोहोर्याएका छन् । आज पत्रकार सम्मेलन गर्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दोहोर्याएका हुन् ।
गृहमन्त्री लेखकले आफूमाथि अन्यय नभएको भन्दै पत्रकारसँग न्यायको माग समेत मागे । ‘मेरो विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट आक्रमण गरिएको छ । ममाथि अन्याय भएको छ, तपाईँहरुले मलाई न्याय गरिदिनुहुनेछ।’
अध्यागमन कार्यालयमा सरुवा भएर गएको तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको दाबी गर्दै गृहमन्त्रीले कर्मचारीमाथि छानबिन भइरहेको बताउँदै स्वतन्त्र निकायले गर्ने छानबिनअनुसार नै सरकार अगाडि बढ्ने बताए ।
उनले आफू मन्त्रालयको जिम्मेवारीमा आएदेखि गरेका कामको महत्वपूर्ण काम गरेको दाबी समेत । ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो । उहाँलाई त्यहाँ सरुवा गरिएको हो । उहाँले यसअघि मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो । जो म भन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो ।’