आज :

माओवादी केन्द्र हुम्लाको ‘कर्णाली करिडोर अभियान’ सम्पन्न

  • अनलाइन डबली

हुम्ला । नेकपा माओवादी केन्द्रको हुम्ला जागरण तथा समाजवादका लागि कर्णाली करिडोर अभियान सम्पन्न भएको छ । हुम्ला र बाजुरा जिल्लाको सिमना कवाडीबाट सुरु भएको अभियानको नेपाल र चीनको सिमाना हिल्सामा कार्यक्रम भएर सम्पन्न भएको हो ।

अभियान सबै गाउँपालिका समेट्ने गरी सम्पन्न भएको नेकपा माओवादी हुम्लाका संयोजक डा। दीपेन्द्र रोकायाले बताए। कर्णाली करिडोर अभियान २०८२ मा वर्तमान परिस्थिति सम्प्रेषण गरी राजनैतिक जागरण ल्याउने, वास्तविक समाजवादको पैरवी गर्ने र हुम्लाको विकास कसरी सम्भव छ भन्ने विषयमा स्थानीयसँग छलफल भएको उनको भनाइ छ ।

समसामयिक विषयमा कर्णालीका छालमा भेटिएका जनसमुदायसँग छलफल भएको, सबै गाउँ बस्तीका जनसमुदायलाई आ–आफ्नो पालिकाअन्तर्गतको कार्यक्रम स्थलमा भेटघाट भएको र यो क्रम हिल्सामा पुगेर सम्पन्न भएको होे। अभियान ११ दिनसम्म सञ्चालन भएको हो ।

त्यसैगरी, यो अभियान जेठ २ गते अदानचुलीको गल्फागार्ड र तुम्चमा भएको थियो भने ३ गते चङ्खेली गाउँँपालिकाको केन्द्र पिप्लाङमा भएको थियो ।

त्यसैगरी जेठ ४ गते सर्केगार्ड गाउँँपालिकाको केन्द्र सर्केगार्डमा, जेठ ५ गते खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा भएको थियो। जेठ ७ गते सिमकोट गाउँपालिकाको सिमकोटमा, ९ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा भएको थियो। यता मंगलवार अभियानको अन्तिम कार्यक्रम नेपाल र चीनको सिमाना हिल्सामा भएको थियो ।

हुम्ला जिल्लाबाट माआोवादी केन्द्रको प्रदेश र केद्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको सहभागिता रहेको थियो। प्रत्येक गाउँँपालिकामा हुने अभियानको संयोजक सम्वन्धित गाउँँपालिका कमिटीले गरेको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal