आज :

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने

  • अनलाइन डबली

स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा क्याम्पस प्रांगणमा राख्ने निर्णय गरेको छ ।

अध्यक्ष गिरी संयोजक रहेको ११ सदस्यीय निर्माण समिति पनि गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा संविधानसभा सदस्य राजु थापा, मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, तुलसीराम रेग्मी, हिरादेवी शर्मा,मुक्तिप्रसाद रेग्मी, राजुकुमार श्रेष्ठ, सम्पूर्णमान श्रेष्ठ, अनुप श्रेष्ठ र सदस्य सचिवमा क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल रहेका छन् ।

यसैगरी शिक्षाविद् लोकराज शर्माको संयोजकत्वमा कृष्णबहादुर प्रधान, पृथ्वीप्रसाद पोखरेल, महादेव श्रेष्ठ,ओमप्रकाश शर्मा, मखमली श्रेष्ठ, बाबुकुमार सिग्देल, उत्तम्प्रसाद श्रेष्ठ, राजकुमारी गुरुङ र विद्यार्थी नेता देवदत्त सुवेदी रहेको १० सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको जानकारी अध्यक्ष गिरीले दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal