आज :

जनताको अवस्था बदल्न व्यवस्था बदल्नु अनिवार्यः महासचिव दिपक

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का नवनिर्वाचित महासचिव उदय बहादुर चलाउने‘दिपक’ले नेपाली जनताको अवस्था बदल्न व्यवस्था नै बदल्नुपर्ने धारणा राखेका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार भेटघाटमा चलाउनेले सरकारका जनविरोधी गतिविधिविरुद्ध निकट भविष्यमा संघर्षको प्रक्रियालाई अगाडि बढाउने उद्घोषसमेत गरे ।

हालै भएको प्रथम राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित चलाउनेले जनसंविधानका लागि जनपरिचालन गरि वर्तमान व्यवस्थालाई विस्थापन गर्ने संघर्ष अगाडि बढाउने उद्घोष गरे ।

वर्तमान दलाल पुँजीवादी व्यवस्थाको बालेन सरकारले इतिहासमै राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउँदै लगेको, सुशासनका नाममा कुशासनलाई प्रसय दिएको र जनताको जनजीविकालाई थप कष्टकर बनाउँदै गएकाले त्यसको विकल्प खोज्नुपर्ने उनको कथन छ ।

“सुरुमै सुकुम्बासी बस्तिमा डोजर चलाएर यो सरकार निम्न वर्गको शत्रु र उच्च वर्गको रक्षाकवच बनेको पुष्टि भएको छ” उनले भने ।

भोटेकोशीको बाढीलाई अवसर बनाएर सरकारले एकद्वारका नाममा अरबौं रकम संकलन गरि उक्त रकम बाढी पीडितलाई राहत वितरण नगरि प्रधानमन्त्रीको कार्यालयमा थन्क्याउनु नै रकम अपचलन र भ्रष्टाचार गरेसरह भएको उनले जनाए ।

प्रधानमन्त्री बालेन्द्र साहको अपरिपक्वताको कारण हजारौं नागरिकले ज्यान गुमाएको र हालसम्म पनि राहत तथा उद्धार कार्य प्रभावकारी हुननसक्नु गम्भीर चिन्ताको विषय रहेको उनको कथन छ ।

प्रम साहले संयुक्त राष्ट्रसंघ महासभामा हिमालय क्षेत्रलाई प्रयोगशालाकारुपमा प्रयोग हुने किसिमको अस्पष्ट अभिव्यक्तिप्रति पार्टीका नेता गुणराज लोहनीले गम्भीर आपत्ति जनाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal