काठमाडौँ । रुसी सेनाले नेटोको एउटा लडाकु विमानलाई आकाशमै लखेटेको छ । युक्रेन घटनापछि आमने सामनेको अवस्थामा पुगेका रुस र नेटो सेनाका लडाकु विमान यति नजिकै पुगे ।
बाल्टिक सागरका आकाशमा नेटोको लडाकु विमान देखिएपछि रुसका दुई विमानले सो क्षेत्रबाट लखेटेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नेटो सेनाका विमानलाई रुसको हवाई सेनाको दुई लडाकु विमानले लखेटेको बताइएको छ ।
नेटो सेनाले सार्वजनिक गरेको भिडियोमा दुई रुसी लडाकु विमान नजिक आएको देखिएको छ । नेटो लडाकु विमानलाई दायाँ र बायाँ मोड्न नसक्ने गरी दुई विमानले नजिक पुगेको देखिएको छ ।
बीबीसीकी पत्रकार नाफिसे कोनाभार्दसँगको छोटो कुराकानीको क्रममा नेटोको लडाकु विमानका पाइलटले उक्त विमान आफूहरुको नभएको बताए । पत्रकार नाफिसेले रुसको हो ? भनेर सोध्न पाइलटले नसोध्नुस् भनेका छन् । पाइलट रुसको नाम लिन समेत डराएका थिए । उनले आजभाेली दिनहुँ यस्तो जम्काभेट हुने गरेको समेत बताए । यो दृश्य निकै डरलाग्दो हुने समेत ती पाइलटले बताएका छन् ।
युरोपेली यूनियनले युक्रेनलाई सदस्यताको लागि उम्मेदवार चयन गरेको छ । ईयूले औपचारिक रुपमा निर्णय गर्न बाँकी छ । यदि युक्रेनलाई ईयूको सदस्य बनाइयो भने अब लडाइँ रुस ईयू हुनेछ ।
अहिले पनि ईयूमा आवद्ध देशहरुले युक्रेनलाई सहयोग गरिरहेका छन् । उनीहरु सेना र अस्त्र पठाइरहेका छन् । औपचारिक रुपमा सेना पठाएको घोषणा गरिएको छैन तर स्वयमसेवकको रुपमा पश्चिमा देशहरुका नागरिक युक्रेन पुगेर रुसविरुद्ध लडिरहेका छन् । केही दिन पहिले मात्रै डोनेस्ट गणराज्यले दुई बेलायती नागरिकलाई फासीको सजाय दिने निर्णय गरेको थियो । उनीहरु बेलायती सेनाका जवान रहेको रुसको दाबी छ ।
रुसले चार महिनासम्म पनि युक्रेनलाई पूर्णरुपमा नियन्त्रणमा लिन नसक्नु नै ईयूको सहयोग हो । रुससँग प्रतिवाद गर्ने अस्त्र युक्रेनसँग छैन नै । अमेरिका, ईयूले त्यस्ता अस्त्र सहयोग गरिरहेका छन् । युक्रेनमा सोचेभन्दा बढी क्षति भएको कुरा रुसले स्वीकार गरेको छ ।
केही दिन पहिले मात्रै रुसी संसदका अध्यक्षले युक्रेनलाई सहयोग जारी राखे र अगाडि आए विश्व नक्सामै युरोपको नाम निसाना मेटाइदिने धम्की दिएका थिए । त्यसको केही दिनमै ईयूले युक्रेनलाई सदस्यताको लागि उम्मेदवार चयन गरेको छ । यसले पनि अबका दिनमा ईयू र रुस आमनेसामने हुने देखिएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपले आफ्ना नागरिकको हित विरुद्धमा गएको बताएको छ । उसले युक्रेनलाई साथ दिनु भनेको आफ्नो देशको नागरिकको विरुद्ध हुने बताए । रुसले युरोपमा इन्धन निर्यातलाई घटाएको छ । फ्रान्समा ६०प्रतिशत ग्यास निर्यात रुसले रोकेको छ । जसका कारण फ्रान्सेली नागरिकले महंगीको सामना गर्नु पर्ने अवस्था आएको छ ।
प्रतिबन्ध लगाएपनि रुसको इन्धन निर्यातमा कमि आएको छैन । युक्रेनमा हमलाको १ सय दिनमा रुसले इन्धन निर्यातबाट करिब एक खर्ब डलर कमाएको छ । अमेरिकाले समेत रुसको इन्धन व्यपारीबाट खरिद गरिहरेको छ ।