काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट परित्याग गरेको घोषणा गरेका भीम चापागाई नेकपा (समाजवादी) मा ध्रुविकृत भएका छन् । मंगलबार दिउँसो नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्कीले स्वागत गरेका थिए ।
समाजवादीको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष राजु कार्कीले केही दिनमै बृहत ध्रुविकरण कार्यक्रम गरिने जानकारी दिएका थिए । उनले चपागाइसहित नेकपाबाट दर्जनभन्दा धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा ध्रुविकरणमा आउने दाबी समेत गरे ।
चापागाईले आफू देश र समाजको पक्षमा जहाँ भएपनि लडिरहने बताए । चपागाईले नेकपको नेतृत्वमा सैद्धान्तिक विचलनकै कारण को १२ औं केन्द्रीय समितिको बैठकले स्पष्ट लाइन लिन नसकेको र दोधारले नीति क्रान्तिकारी आन्दोलनको सेवा नगर्ने भन्दै विज्ञप्ति निकालेर पार्टी परित्याग गरेका थिए ।