मेरो समाजलाई चिठी………..
देखासेखीमा विदेश गयौ फर्किन सकेनौ……
परेको वेला मातृभुमी टेक्न सकेनौ…..
बाबुआमालाई भेट्न सकेनौ….
प्रत्यक्ष देख्न सकेनौ…….
सन्तानलाई विदेश नपठाउँदा कतिपय साथीहरुले मुर्ख भन्थे।सन्तानको भविष्य बिगा(यो भन्थें,मसँग आज श्रीमती सन्तान स(परिवार एकै ठाउँमा छौं।बिहान आआफ्नो समयमा खाना खाएर काममा जान्छन,तर बेलुका हामी संधैसंगै बसेर खाना खान्छौं।कामले ढिला हुने भयो भने खबर पठाउँछ।अचानक कतै जानु परे मलाई खाना नपकाउनु नपर्खिनु है भनेर खबर गर्छन।सामुहिकरुपमा मिठो मसिनो बाँडीचुडी खाको लाको घर कोठाभरी भिडभाड नजिकबाट देखेर नाक खुम्च्याउनेहरु आज एक्लोपन्नले सताएर हो वा के हो थाहा भएन इर्स्यालु भनौ वा पीडावोध भएर हो,भन्न थालेका छन।मसंग सबचिज छ तर खानाहरु पुरा खल्लो लाग्छ।तिमि त साह्रै भाग्यमानी आधापेट मात्र किन नहोस दुखसुख खाएर संगै बस्न पाएमा त्यही हो स्वर्ग भन्न थालेका छन।
त्यो वेला मलाई सन्तानको भविष्य बिगा(यो भनेर मुर्ख भन्ने साथीहरु अहिले मसँग मेरो परिवार साथमा देख्दा मलाई भाग्यमानी भन्छन।किनकी मेरा साथीहरुका सन्तानले भविष्य सुधा(यो या सुधारेन मलाई थाहा छैन।तर विदेश गएकाहरु घर फर्केनन।आमा बुबालाई यहाँका सम्पत्ति बेचेर विदेशमा बस्न आऊ भन्छ अरे।पहिले ६ महिनाको लागि भनेर आफ्नो सन्तान भेट्न तेल भिषामा विदेश गएकाहरु कैदी जीवनमा खानु पर्ने बस्नु जस्तो भयो भनेर ३ महिनामा फर्केर आएका छन।३ महिनामै विदेश देखि वाक्क दिक्क भएर फर्केको देखेको छु।कुन बेला घर आउँछन, कुन बेला काममा जान्छन् थाहा हुँदैन रहेछ।उनीहरु सुतिसके पछि आउँछन।उठ्नु भन्दा अगाडी गैसक्छ।खाना त हटकेश,ओभन र फ्रिजबाट झिकेर तताएर खानु पर्छ।यहाँ जस्तो दालभात तरकारी पाक्नासाथ संगै बसेर कहिल्यै तातातो खान नपाईन्ने रहेछ।
विद्दावान साथीभाइ छिमेकीका सन्तान सबै विदेशतिर छन, बुढेसकालमा भरअभर बिरामी हुँदा अस्पताल लैजाने कोही छैन।टोल छिमेक आफन्तको सहारा लिनुपर्छ।मानसिकता तनावले झन झन डिप्रेशनमा गएका छन छिमेकी बालसका साथीहरु।आफु त अलिकति मात्र ठूलो स्वरले खोक्दा संगै भएका सन्तान उठेर आउँछन के भयो सोध्छन रु अस्पताल जानेकि भनेर सोध्छन सन्तानहरु।तातो पानी तताएर ल्याई दिन्छ।ननिदाए सम्म उनीहरु सुत्न जाँदैनन।सन्तानसंगै बसे पछि कराउन हप्काउन र अराउन सकिन्छ।उनिहरुसंग संगै भए पछि रिसाउन पनि पाईन्ने भयो।सन्तानसंगै नभए पछि कोसंग रिसाउनु कसलाई कराउनु,अराउनु हैन र रु
सन्तानहरु संगै भए पछि तातातो दालभात पकाएर खुवाउँछन कहिले रोटी खान मन लाग्दैन होला भनेर कहिले दूध पाउरोटी, कहिले चिउरा तरकारी ख्वाउँछ।अहिले म काममा निरन्तर खट्न सक्नु मेरो सन्तानको मायाले गर्दा होकि जस्तो लाग्छ। कहिले काही थाकेर कोठामा आराम गरिरहेको बेला के भयो भनि कोठामा आएर सोध्छन रु सञ्चोविसन्चो सोधि रहन्छन।संगै हुनुको फाइदा यहि हो जस्तो लाग्छ। बरु सन्तानलाई दुख गरि पढाएर हुर्काएर सरकारी जागिरमा लगाउने त्यहाँ नपाए आफनै ब्यापार व्यवसायतिर लगाउने र मातृ(भूमिको महत्व के हो रु संस्कार(संस्कृति अर्थ के हो रुपहिचान र सहअस्तित्व भनेको के हो रु यावत कुरा बुझाउनु पढाउनु अभिभावकको दैत्य जिम्मेवारी हो।
सन्तानहरु सबै विदेशमा भएका छरछिमेक साथी(भाइहरुको कथाङ कदाचित ठुलो विरामी भई हालेमा संगै बसेर न स्यार्न पाउँछ वा मरौपरौ भई हालेमा सन्तानले आफ्नै हातले सदगत गर्न दिल खोलेर छुन पाउँछ अथवा डाको छोडेर रुन पाउँछ र विदेशमा बसेर रु
अब भन्नु होसकि १ दुख(सुख गरेर संगसंगै राखेर बनिबुतोमा खुशीसाथ आफ्ना सन्तानहरुलाई कराउदै,थर्काउदै हप्काउदै राख्ने अभिभावक मुर्ख होकि रु आफ्ना सन्तानलाई छिमेकी देखा(सेखीमा विदेश पठाउने मुर्ख रुरुरु