आज :

बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने,‘हामीले अर्थमन्त्री ज्युलाई शंंकाको लाभ दिएकै थियौं हाम्रो दलको तर्फबाट । हामी यहाँ संसदमा विभिन्न समय सुन्ने समय, विशेष समय केही कुराहरु उठिराखेका थिए । हिजै मात्र सार्वजनिक लेखा समिति र हिजोकै आर्थिक विधेयकमाथिको छलफलको क्रममा सैद्धान्तिक छलफलका क्रममा जसरी अर्थमन्त्री ज्युले जवाफ दिनुभयो त्यसमा संसद्को अवमूल्यन भएको छ । समितिको अबमूल्यन भएको छ । धाकधम्की प्रयोग गर्ने, धम्क्याउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

कार्यपालिकाका सदस्य, संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने उनले बताए । अर्थमन्त्रीले संसद्को मानहानी गरेको उनको भनाई छ ।

‘अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेँ भनेर खुलमखुला स्वीकार गर्नुभयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नुभयो भनेका थिएनौँ । उहाँले धम्की दिँदै गरेकै हो, के गर्छौं भन्नुभएको छ । संसद्को मानहानी भएको छ,’ उनले भने ।

यसैगरी उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हट्नुपर्ने बताए ।

उनले भने, ‘जेठ १७ गते सम्मानिय प्रधानमन्त्री ज्युले राष्ट्रिय स्वाधिनता, सिमा रक्षा र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा व्यक्त गरेको विचारबारे हामीले पटक पटक संसदमा विषय राखिसकेका छौं । परराष्ट्र मन्त्री ज्युले स्पष्टिकरण दिने प्रयास गर्नुभयो । त्यो पर्याप्त छैन । त्यसबारे प्रधानमन्त्री ज्युले नै जवाफ दिनुपर्छ । संसदको अभिलेखबाट नेपालले पनि भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति हट्नुपर्छ भन्ने कुरा राख्दै आएका छौं । यसमा सम्मानीय सभामुख ज्युको रुलिङ होस् ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal