आज :

मुगुका हरिकृष्ण शाहीको हत्या आरापी ६ जना पुर्पक्षाको लागि जेल चलान

  • अनलाइन डबली

सुर्खेत । मुगुका हरिकृष्ण शाहीको हत्या आरोपमा पक्राउ परेका ६ जना पुर्पक्षाको लागि जेल चलान भएका छन् । प्रहरीले फरार अभियुक्तलाई १५ बर्षपछि पक्राउ गरेको थियो ।

जिल्ला अदालत मुगुले पक्राउ परेकामध्ये जसु बोहोरा, पारसमणी मल्ल, चन्द्रबहादुर शाही, कालिबहादुर खड्का र प्रहरीले रारा अ, रारा आ गरी ६ जनालाई पुर्पक्षाको जेल चलान गर्न आदेश दिएको थियो । उक्त घटनाकी आरोपी सरिता भनिने संगिता खड्कालाई भने ५० हजार धरौटीमा रिहा भएकी छन् ।

छायाँनाथ रारा नगरपालिका–२ का हरिकृष्ण शाहीको २०६७ साल असार ४ गते सदरमुकामस्थित जिल्ला सरकारी वकिललको कार्यालयको उत्तरतर्फ रहेका एक होटलमा शाहीको सामुहिकरुपमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो । हरिकृष्णको शव असार ८ गते विभत्सरुपमा भेटिएको थियो ।

शाहीको आमाले जाहेर दिएपनि १५ बर्षसम्म खुलामखुला हिडिरहेका थिए । नेपाल प्रहरीका अनुसन्धान अधिकारी इन्स्पेक्टर नविन कुमार शाहीसहितको टोलीको अथक प्रयासपछि शाहीका हत्या आरोपी पक्राउ परेका थिए ।

अदालतले पुर्पक्षाको लागि जेल चलाउन भएपछि पीडित परिवारले आशा गरेको बताएका छन् । तर, पीडकहरुबाट फेरि पनि धम्की आइरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal