आज :

कोरोनाको दोस्रो लहरः एकै दिन ८ जनाको ज्यान गयो, थप १२८१ जनामा संक्रमित, युवा सबैभन्दा धेरै

काठमाडौं । कोरोना भाइर संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट सोमबार थप ८ जनाको ज्यान गएको जानकारी दिएको छ ।

संक्रमितको संख्या पनि बढेको छ । ७००१ जनामा गरिएको परीक्षणमा १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमा ५४ जना एन्टिजेन परीक्षणको क्रममा संक्रमित भएको पुष्टि भएको हो । सोमबारसम्म आइपुग्दा नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ ।

क्वारेन्टाइनमा ८१ जना र ७ हजार २५४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

केही दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको थियो । पछिल्ला दिनमा संक्रमित बढेसँगै ज्यान गुमाउनेको संख्या पनि थपिएको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सोमबार १९ बर्ष मुनिका ९८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा ९ बर्ष मुनिका २४ जना र १० देखि १९ बर्षसम्मका ७४ गरि १९ बर्षमुनिका कुल ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विज्ञहरुले कोरोनाको नयाँ भेरियन्ट बालबालिका र युवाहरुलाई बढी असर गरेको देखिएको बताएका छन् । पछिल्लो २४ घन्टामा २० देखि २९ बर्ष उमेर समुहका ३०७ जना संक्रमित भएका छन् भने ३० देखि ३९ बर्षका २७५ जना र ४० देखि ४९ बर्ष उमेर समुहका २२२ जना संक्रमित भएका छन् ।

त्यस्तै ५० देखि ५९ बर्षसम्मका १५५ जना, ६० देखि ६९ बर्षसम्मका १०५ जना, ७० देखि ७९ बर्षसम्मका ३८ जना, ८० देखि ८९ बर्षसम्मका १८ जना र उमेर नखुलेका ८ जना रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal