आज :

पत्रकार शन्तराम बिडारीको उपयोगी पठ्य सामाग्री ‘आमसञ्चारको परिचय’

  • अनलाइन डबली

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा कृयाशिल छन् । विगत दुई दशकदेखि सक्रिय पत्रकारका रूपमा नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, बुधबार साप्ताहिक, साँघु साप्ताहिक लगायत विभिन्न मिडियामा काम गर्दै आएका उनी हाल दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमको सम्पादकका रूपमा पनि कार्यरत छन् । उनले यसअघि जनसञ्चार साप्ताहिक र साप्ताहिक आवाज साप्ताहिकको कार्यकारी सम्पादक, अनलाइन पोर्टल नेप्लिज डट ओआरजीको वरिष्ठ सहसम्पादक र सेन्टरखबर डटकमको सम्पादक भएर समेत काम गरिसकेका छन् ।

बिडारीले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा आइए, बिए र त्रिवि कै केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमए पास तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट एमफील–पिएचडी गर्दैछन् । उनीसँग हाल नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागको विभागीय प्रमुख तथा यसअघि काठमाडौं जिल्ला शाखाको अध्यक्षका रूपमा पत्रकारको नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।

पत्रकार, अध्यापक, अध्येता र प्रशिक्षकको परिचय बनाएका बिडारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रेस सल्लाहकार, विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को नेपाल कार्यालयमा मिडिया एण्ड कम्युनिकेशन स्पेशलिस्ट, युएनडीपी संसदीय सहयोग परियोजनामा अनुसन्धाताका रूपमा काम गरेका थिए ।

सञ्चारका मुद्दाहरूमा आलोचनात्मक चेत सहित कलम चलाउन रुचाउने उनले विभिन्न राष्ट्रिय दैनिक र अनुसन्धानमूलक जनर्लहरूमा स्वतन्त्र पत्रकारका हिसावमा टिप्पणी र विश्लेषणहरू लेख्दै आएका छन् । उनले चीन, भारत, यूएई लगायतका देशहरूको भ्रमण गरी विभिन्न अन्तराष्ट्रिय स्तरका सेमिनारहरूमा सहभागिता समेत जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal