आज :

रामदेव–बालकृष्णलाई अहिलेसम्मकै ठूलो झट्काः पतञ्जलीका १४ उत्पादन लाइसेन्स खारेज

  • अनलाइन डबली

काठमाडौँ । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको  जानकारी दिएको हो ।

रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ ।

लाइसेन्स रद्द भएका उत्पादनहरुमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रित, मधुनाशिनी वती एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली डा. आँखा ड्रपहरू समावेश छन् ।

उत्तराखण्ड सरकारले सर्वोच्च अदालतमा दिएको शपथपत्रमा यस्तो जवाफ दिएको हो ।

सर्वोच्च अदालतमा रामदेव र पतञ्जलीका प्रबन्ध निर्देशक बालकृष्णविरुद्ध अदालतको आदेशको अवहेलना गरेको मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा राज्य सरकारको यो कदम आएको हो ।

सर्वोच्चको आदेशपछि पतञ्जलीले केहि दिन अघि मात्र बिनासर्त माफी मागेको बिज्ञापन बिभिन्न पत्रिकामा छपाएको थियो ।

कोविड खोप अभियान र औषधिको आधुनिक प्रणालीको मानहानिको आरोप लगाउँदै सर्वोच्च अदालतले भारतीय चिकित्सा संघ (आईएमए) द्वारा २०२२ को याचिकाको सुनुवाइ गर्दैछ ।

पतञ्जलीसँग सम्बन्धित दिव्या फार्मेसीविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । यी विज्ञापनहरूले रक्तचाप, थाइराइड, कलेजो, छालालगायतका रोगको पूर्ण निको हुने दाबी गर्नुका साथै आधुनिक चिकित्सा विज्ञानको पनि आलोचना गरेका छन् ।
यस मामिलामा रामदेव र बालकृष्ण दुवैले अदालतमा बिना शर्त माफी मागेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal