आज :

पक्राउ पुर्जी जारी भएको डेढ महिना बित्दापनि बलात्कार आरोपी नलिनप्रसाद पक्राउ परेनन्

  • अनलाइन डबली

काठमाडौँ । जबरजस्ती करणीको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएको डेढ महिना बित्दासमेत प्रहरीले रक्सी व्यपारी नलिनप्रसाद पौडेललाई पक्राउ गर्न गरेको छैन । उनी काठमाडौँमै खुलमखुला रुपमा हिडिरहेको भएपनि प्रहरीले पक्राउ गर्न चाँसो नदिएको पीडितको आरोप छ ।

सप्तरीको राजविराज स्थायी घर भई काठमाडौँको काँडाघारीमा बस्दै आएका पौडेललाई जबरजस्ती करणी आरोपमा काठमाडौँ जिल्ला अदालतले चैत्र ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा प्रहारी वृत कालिमाटीले अदालतले पक्राउ पुर्जी लिएको थियो । उक्त पक्राउ पुर्जी कालिमाटीबाट तिनकुने हुँदै काँडाघारी वृतमा पुगेको छ । तर, काँडाघारी प्रहरीले पक्राउ पुर्जी जारी भएको डेढ महिनासम्म पनि पौडेललाई पक्राउ गर्न सकेको छैन । आफ्नो नियमित काम गरिरहेको पीडितको दाबी छ ।

गाउँबाट उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ आएका ति युवतीलाई पौडेलले २०७७ साउनबाट घरेलु कामदारको रुपमा राखेका थिए । बस्न खान र मासिक १२ हजार तलबसँगै पढाई दिने भनेपछि ति युवती पौडेलका घरमा काम गर्न थालेकी थिइन् । पौडेलले मासिक पारिश्रमिक दिएनन् र उल्टै जबरजस्ती यौन शोषण गर्दै आएको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

पटकपटकको यौन शोषणलाई इन्कार गर्न थालेपछि घटना सार्वजनिक हुने डरले पौडेललाई युवतीलाई फसाउने योजना बनाए । उनले युवतीको नाममा पसल खोल्न लगाए र बैंकमा खाता पनि खोलिदिए ।

करिब एक बर्षसम्म पसल चलाएपछि पौडेलले युवतीसँग पसको समान हाल्दा साहुलाई देखाउनुपर्ने भन्दै नामका दुई चेकमा हस्ताक्षर गराएर लगे । तिनै चेकमा आफैले १० लाख ८० हजार रुपैयाँ लेखेर बाउन्स गरेको पीडित गरेको जाहेरीमा उल्लेख छ । “मेरो पसलमा समान उनिहरुले नै दिन्थे । साहुलाई देखाउनुपर्छ भनेर हस्ताक्षर गराएर खाली चेक लिन्थे ।

त्यही खाली चेकमा मलाई कुनै जानकारी नै नदिएर १० लाख ८० हजारको लेखेर बैंकमा गएछन् । मेरो खातामा त्यत्रो रुपैयाँ हुने कुरै भएन । मलाई चेक बाउन्सको मुद्दा दिएको रैछ, एकैपटक प्रहरीले मलाई पक्राउ गरेपछि मात्रै थाहा पाएँ” पीडित युवतीले जाहेरी उल्लेख गरेकी छन् । आफ्नै मान्छे लगाएर पौडेलले पक्राउ गर्न लगाएपछि मात्रै आफूविरुद्ध चेक बाउन्सको मुद्दा परेको थाहा पाएको पीडित युवतीले बताएकी छन् ।

चाटर्ड एकान्टेन्ट पौडेलले आफ्नो नेतादेखि प्रहरी प्रशासनको उच्च तहसम्म आफ्नो पहुँच भएको बताउँदै करणीको कुरा कसैसँग भनेपछि ज्यान नै बेपत्ता पारिदिने धम्की दिँदै पटकपटक यौन शोषण गरेको जाहरीमा उल्लेख छ ।

यतिसम्मकी पौडेलले युवती चेक बाउन्स मुद्दामा धरौटीमा छुटेपछि पनि अर्को मुद्दा लगाइदिन्छु भन्दै धम्काएर यौन शोषण गरेका थिए । एकतिर चेक बाउन्सको मुद्दा अर्कोतिर जबरजस्ती करणीका कारण युवती मानसिक रुपमा विक्षिप्त भएर आत्महत्याको योजना बनाएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा युवतीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कारवाही र क्षतिपूर्तीको माग समेत गरेकी छन् ।

सुरुमा पौडेलविरुद्ध जाहेरी लिन अस्वीकार गर्दै महिला सेलका प्रहरीले उल्टै युवतीलाई धम्काउन थालेपछि गत माघ २८ गते जिल्ला सरकारी वकील कार्यालयमार्फत जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपनि प्रहरीले पौडेललाई पक्राउ गर्न चाँसो नदेखाएपछि युवती गृहमन्त्रीलाई भेट्न मन्त्रालय पुगेकी थिइन् । मन्त्रालयले पीडित युवतीको जाहेरी दर्ता अनुसार कारवाही अगाडि बढाउन निर्देशन दिएपछि बल्ल प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

गृहमन्त्रालयको निर्देशनमा पुर्जी लिएपनि प्रहरीले पौडेललाई पक्राउ नगर्दा प्रहरीले पौडेललाई संरक्षण गर्न चाहेको हो कि भन्ने आफूलाई शंका लागेका पीडित युवतीले बताएकी छन् ।

श्रीमति सोनी खड्काले पौडेललाई पक्राउ गर्नबाट रोकेको पीडित युवतीको आरोप छ । पौडेल अहिले दिनमा न्यूरोडस्थित संकटा मन्दीर नजिककै रहेको चाटर्ड एकान्टेन्ट कार्यालयमा जाने र राति काटेश्वर महादेवस्थान मन्दिर नजिकै आफन्तको घरमा बस्दै आएको स्रोतले बतायो ।

यही विषयमा प्रहरी वृत काँडाघारीका इन्चार्ज प्रहरी निरीक्षक श्याम कटुवालले आफूहरुले खोजी गरिरहेको तर अहिलेसम्म नभेटिएका जानकारी दिए । उनी बस्ने सम्भावित क्षेत्रमा निगरानी बढाएको समेत कटुवालले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal