आज :

(नेकपा)को निर्णयः प्रदेश नं.३ को नाम वाग्मती र राजधानी हेटौंडा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ३ को नाम र राजधानी टुगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

अब ३ नं. प्रदेशले एक साताभित्र स्थायी नाम र राजधानी पाउने छ । यसअघि नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा प्रदेशको नाम र राजधानीमा २ वर्षदेखि निर्णय हुन सकेको थिएन ।

मुख्यमन्त्री डोरमणि पौडेलले पनि पुस २० गतेसम्म नाम र राजधानी टुंगो लाग्ने जानकारी दिएका छन् । तर उनले नेकपाले मात्रै निर्णय गरेर नपुग्ने भन्दै प्रदेश संसद बैठक बसेर यसलाई वैधानिकता दिनुपर्ने बताएका छन् । नेकपाको निर्णयलाई सार्वजनिक भने गरिएको छैन ।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको २ तिहाइ बहुमत छ । २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन अघि प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकेको थियो । प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

बैठकले सभामुखको उम्मेदवारको विषयमा भने निर्णय गर्न सकेन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal