आज :

पाकिस्तानमा बम बिस्फोट, ५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको लाहोरस्थित सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिद नजिकै बुधबार भएको बिस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनका साथै २४ जना घाइते भएका छन् ।

मृतक ५ मध्ये ३ जना सुरक्षाकर्मी रहेका छन् । प्रहरीका अनुसार हमलाकारीले सुरक्षाकर्मीको एउटा गाडीलाई निशाना बनाएर विस्फोट गराएका थिए ।
हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन । मस्जिद बाहिर तैनाथ प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट भएको लाहोर प्रहरीका उच्च अधिकारीले जनाएका छन् ।

प्रहरीले बिस्फोटको अनुसन्धान शुरु गरिसकेको छ । उक्त मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal