आज :

समाचार प्रभावः मधेस प्रदेशमा बिशाल पण्डितले सेटिङ गरेका सातवटा टेण्डर रद्द, यस्ताे थियाे बदमासी

  • अनलाइन डबली

काठमाडौं । मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आह्वान गरेका सात वटा टेन्डर रद्द गरेको छ ।

विवादित व्यवसायी विशाल पण्डितले खरिदकर्ता कम्पनीको नामै तोक्न लगाएर निकालिएका टेण्डर रद्द गरिएको हो । खरिद ऐनविरुद्ध केन्द्र र विशाल पण्डितबीच सेटिङमा टेण्टर निकालिएको भन्दै अनलाइन डबलीले समचार प्रकाशित गरेको थियो ।

उक्त समाचारसँगै सरोकारवाला व्यक्तिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।

स्रोतका अनुसार मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको निर्देशमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विवादमा परेका सातवटै टेण्डर एकैपटक रद्द गरेको हो ।

फागुन १५ को निर्णय अनुसार केन्द्रले टेण्डर रद्द गरिएको सूचना आइतबार प्रकाशित गरेको थियो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ‘एक्स–रे फिल्म’, ल्याबका लागि आवश्यक ‘रि–एजेन्ट’, ‘पिउने पानी’, ‘इएनटी अपरेटिङ माइक्रोस्कोप एन्ड इएनटी इन्डोस्कोप’, ‘नन् इन्भेजिव हेमाटोग्लोबिनोमिटर मेसिन’, ‘डीआर एन्ड युएसजी मेसिन’ र ‘स्टाइनिङ एन्ड डेस्मियरिङ डिजिटल मोर्फोलोजी, हाइब्रिड युरिन एनालाईजर, कगुलेशन एन्ड पक्ट एनालाईजर’ लगायतका टेन्डर रद्द भएका छन् ।

केन्द्रले टेण्डर रद्द गर्नुको कारण नखुलाएपनि सेटिङमा कम्पनीको नामै नै तोकेर मापदण्ड बनाएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । अख्तियारमा पनि उजुरी परेपछि सेटिङ गरिएका टेण्डर रद्द गर्न केन्द्र बाध्य भएको बताइएको छ ।

हेर्नुस् यसरी गरिएकाे सेटिङ 

सेटिङ नंं. १

केन्द्रले २०२४ डिसेम्बर २३ मा ‘दी प्रक्रुमेन्ट एण्ड डेलिभरी अफ एक्स–रे फिल्म । (प्याकेज–२) खरिदका लागि निकालेको टेण्डरको ठेक्का नं.MP/PHLMC/VCB/GOODS–4.2/2081-082 मा विशाल पण्डितको कम्पनीलाई दिनेगरी मापदण्ड बनाइएको छ । टेण्डरमै ‘ट्रिम्याक्स’ मेसिनकै एक्स–रे फिल्म किन्ने भनिएको छ । यसरी टेण्डरमै कम्पनीको नाम किटान गरिनु खरिद ऐन तथा नियम विपरित र अख्तियारीको दुरुपयोग भएको उजुरीमा उल्लेख छ । यो सिँधै नीतिगत भ्रष्टाचार भएको भन्दै छानविनको लागि माग गरिएको छ ।

सेटिङ नंं. २

केन्द्रले २०२४ डिसेम्बर २३ मा ‘दी प्रक्रुमेन्ट एण्ड डेलिभरी अफ रिऐजेन्ट फर ल्याब (प्योकज–१) खरिदका लागि सूचना निकालेको छ । यो ल्याबको रिएजेन्टको ठेक्का नम्बर ‘MP/PHIMC/NCB/GOODS-2081-082’ को मापदण्डमा पनि विशाल पण्डित एजेन्ट रहेको MINDRAY CLIA MACHINE कम्पनीको नामै उल्लेख गरिएको छ ।

सेटिङ नंं.३

२०२४ डिसेम्बर २४ मा निकालिएको अर्को टेण्डरमा यसैगरी पण्डितकै कम्पनीको नामै किटान गरेर खरिद मापदण्ड बनाइएको छ ।

‘दी प्रक्रुमेन्ट, डेलिभरी एण्ड इन्स्टलेशन अफ आरओ ड्रिकिंङ वाटर’ खरिदको लागि निकालिएको उक्त टेण्डरको ठेक्का नं. MP/PHIMC/NCB/GOODS-7/2081-082 मा मापदण्डमा पण्डित एजेन्ट रहेकै कम्पनी ‘किओस्क
(Kiosk/Canopy)’  भनेर तोकिएकै छ ।

यो सूचनामा अझ अरु कुनैपनि कम्पनीलाई प्रवेश गर्न नदिने गरी दुई बर्ष पहिले सरकारसँग आवेदन पेश गरेको हुनुपर्ने उल्लेख गरिएको छ । जबकी पण्डितको यो कम्पनीले दुई बर्ष पहिले निवेदन दिएको थियो ।

सेटिङ नंं. ४

केन्द्रले २०२४ को डिसेम्बर २४ मै अर्को सेटिङ गरेको भेटिएको छ । माइक्रोस्कोप र इएनटी इन्डोस्कोप खरिदको लागि टेण्डर आह्वान गरिएको यिो । यो माथिल्लो तीनवटा भन्दा ठूलो चलखेल भएको भेटिएको छ । सेटिङमा दुईवटा मेसिन किन्ने बजेटमा एउटै मात्रै खरिद गर्ने सूचना निकालिएको छ ।

यो इएनटी अप्रेटिङ माइक्रोस्कोप एण्ड इएनटी इन्डोस्कोपीको ठेक्का नं. MP/PHLMC-NCB/GOODS-8/2081-082 रहेको छ । जबकी मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक क्रियाकलापहरुको संचालन मार्गनिर्देशनको बुँदा नं. ११ मा ‘इएनटी इन्डोस्कोप र इएनटी माइक्रोस्कप प्रादेशिक अस्पताल जनकपुर र कलैया’ उल्लेख छ । तर केन्द्र र पण्डितको मिलेमतोमा दुईटा मेसिनको बजेट बाँडीचुँडी खान योजना बनाएको देखिन्छ ।

मधेसमा पण्डितकाे बदमासी हेर्नुहाेस्

१. मधेस प्रदेशको आपूर्ती केन्द्रमा अहिलेसम्मकै ठूलो सेटिङ, विशाल पण्डितले मात्रै पाउने गरी मापदण्ड

२. ‘स्पेकलक’ गरेको भन्दै विशाल पण्डितविरुद्ध अख्तियारमा उजुरी, प्रमाणसहित

३. मधेस प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा विशाल पण्डितको ‘सेटिङ’विरुद्ध उजुरी

४. मधेशमा पनि विशाल पण्डितको झेल, १२ बर्ष पुरानो सिटी स्क्यान मेसिन जोडेर १० करोड खाने खेल

५. समाचार प्रभावः निर्देशक डा.राजीवकुमार झाको काज फिर्ता, सेटिङविरुद्ध मन्त्री पौडेल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal