आज :

आठौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८१ सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ  ।  आठौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । नेपाल एकायन कराते संघ ककेश्वरी शाखा प्रशिक्षण केन्द्र कंकेश्वरीको आयोजनामा आइतबार आठौ ककेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २००१ शान्ति  निकुन्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं क्षेत्र नं का सभासद श्रीमती अपना राजभण्डारी जोशीज्यूको प्रमख आतिथ्यता रहेको थियो ।
नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा काठमाडौ जिल्ला खेलकुद समितिका अध्यक्ष भाइकृष्ण बलामी, शान्ति निकुञ्ज मा वि.का प्रधान अध्यापक राधेश्याम प्रधान याप्पीहोममिन्टेश्वरी स्कुलका अध्यक्ष विराज श्रेष्ठ समाजसेवी रामेश्वर श्रेष्ठ समाजसेवी पुष्कर राज पाण्डे , नेपाल एकापन कराते संघ ठाडी जिल्ला सल्लाहकार आनन्द बहादुर शाही , जापान गोजुरियो कराते डो केवाकाई नेपालका अध्यक्ष बिदुर कुँबर , व्यवसायी तथा समाजसेवी कैलास राई , नेपाल सो कुशिन कराते संघका ब्रान्च चिफ राजकुमार श्रेष्ठ , राजेन्द्र शाक्य , समाजसेवी सुमन शाही व्यवसायी सोम तामाङ , नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु शंकर महर्जन , निरोज कमाचार्य , गीपानी तथा वीरकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । उक्त नेपाल एकद्रिय सल्लाहकार निरोज स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संयोजक उर्मिला विश्वकर्माको संयोजकत्वमा आयोजित प्रतियोगितामा काठमाडौका १४ वटा १२५ जना एकान कराते खेलाडीहरुको सहभागिता रहेको थियो । महिला तथा पुरुषतर्फ गरी जम्मा ११ वटा तौल समुहहरुमा प्रतियोगिताहरु संचालन भएका थिए । 
महिला  ४५ के.जी. तौल मुनि समूह देखि ५० केजी समूह र पुरुषमा खुल्ला तौल समुहमा सहभागी खेलाडी मध्य  प्रथ दोश्रो र तेश्रो पदक प्राप्त गर्न सफल  खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि काठमाडौ क्षेत्र नं ८ का प्रदेश सभासद तथा बागमती प्रदेश सरकारका पुर्व मन्त्री  शैलेन्द्र बज्राचार्यज्यू लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र , मेडल तथा ट्रफीबाट पुरस्कृतः गर्नु भएको थियो ।
साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा भरत धौलाकोटी , मुख्य निर्णायकमा विष्णुमान श्रेष्ठ र रुपेश मगर मनोज राजवाहक , उर्मिला विश्वकमों तथा निर्णायकहरुमा सजिन महर्जन , सुरेश धौलाकोटी , शंकर धौलाकोटी , हिमाल सागर , र शम्शेर लामा रहेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal