आज :

थँवहि ( ठमेल ) स्थित विक्रमशिल महाविहारको मूलदेवता  सिंहसार्थवाह ( गरूड भगवान ) लिक्षबिकालिन प्राचिन सम्पदा

  • अनलाइन डबली

काठमाडौँको थँवहि  ( ठमेल ) स्थित विक्रमशिल महाविहारको मूलदेवता  सिंहसार्थवाह ( गरूड भगवान ) लिक्षबिकालमा बनेको प्राचिन सम्पदा हो । बौद्ध अध्यनको रुपमा स्थापना भएको यस महाबिहरमा दक्षिण भारत र उत्तरको तितिब्बतबात समेत अनुयायीहरु आउने गर्दथियो ।  बिहारमा स्थापित  सिंहसार्थवाह ( गरूड भगवान ) लाइ नजिकै रहेको कमल पोखरीको जल दैनिक नित्य स्नान गराई कमलको फुल चडाउने  गर्दथियो  । हाल उक्त गुठीका नाममा रहेको साढे २६ रोपनी पोखरी र दिल समेत व्यक्तिको नाममा हुदै व्यापारिक भवन निर्माण हुँदा इतिहास मेटिएको  गुठीका गुठियार भगवात नरसिंह प्रधान बताउछन् ।

नेपाल भाषामा ‘ थँ ’ को अर्थ जेष्ठता , उच्चता अग्लो र माथिल्लो हो । थँवहि  ( ठमेल )  इलाका यँगाल, लगन, इन्द्रचोक  भन्दा माथि अर्थात अग्लो ठाउंमा परेकाले यस ठाउंमा श्रेष्ठ, प्रधानद्वारा  बिक्रमशील धर्मधातु राजमहाविहारलाई थँवहिल भनिएको हो । थँवहिल शब्द अपभ्रंश हुँदा ठमेल बन्न पुग्यो , जसरी कीर्तिपुरको चोयबहा: ( उच्च ठाउँमा रहेको बुद्ध विहार )  चोभार बन्न गयो ।

राजा गुणकामदेवले ने स . १०६ ताका कान्तिपुर नगरलाई व्यवस्थित ढंगमा बसाउँदा थमग्राम भनिने थँवहिल काठमाडी नगरको उत्तरी स्वसाशित क्षेत्र  र छुट्टै स्थानमा थियो । नगरलाई ठहिटी क्वा बहालदेखि असन माछा देवतासम्म चधुपुर्इ  , माछा देवतादेखि मखन बहालसम्म दथुपुँई, मखन देखि मरूसत्तल ( काष्ठमण्डप ) सम्म लायकुपुई र काष्ठमण्डप मरूसत.देखि यंगाल हिटीसम्म क्वथुपुई गरी जम्मा ४ प्रशासनिक एकाइमा वर्गीकरण गरिएको थियो । चारवटा पुईभित्र १८ वटा बज्राचार्यको मूल महाविहार र १६ शाक्यको बुद्ध विहार रहेका छन् । तर यी कुनै पनि बिहार र महाविहारसँग कुनै सम्बन्ध नरहेका प्रधान जातका बहिल बुद्ध बिहार दे आचार्य गुथिसँग पनि सम्बन्धित छैन् ।

ने.सं. ३४४ मा निर्मित थँवहि ( विक्रमशील महाविहारको मूलदेवता सिंहसार्थवाह ( गरूड भगवान ) लाई मूल मानी पुज्ने परम्परा छ । सिंहसार्थवाहका पुर्खा प्रधान जातिका गुथियारहरुले अहिलेपनि चकं द्य: जात्रा लगाएत परम्परा चलाउदै आएका छन् । बिहारका हरेक पूजा , पर्व , जात्रालगायत कार्य , काठमाडी नगरभित्रका वटा कलमा बसोबास गर्ने मान प्रधान , लाल प्रधान , प्रसाद प्रधान र नरसिंह प्रधानको नेतृत्वमा ती कव:मा पनि तखाछें कब , दुनेछें कव: , तासीचुक कव: र पिण्याछे कव: , मुख्य ताला बक , तर्ध कब र असं कव:का प्रधान श्रेष्ठहरू सहायक हुन् ।  बालाजुमाथि जामाचो नागार्जुन चेत्यलाई दुगुद्यो र पुरानो गुहेश्वरी मनमैजुलाई आँगनदेवता मान्ने  थँवहिलका प्रधानहरू उपत्यकावासी  बुद्धधर्मावलम्बीको आस्था केन्द्र पनि हो ।

 सिंह सार्थ बाहु संग जोडिएको इतिहास  – 

आख्यान अनुसार , राजा गुनकामदेबको कुलमा जन्मिएका  सार्थ बाहु नामका प्रख्यात ब्यापारी पांच सय ब्यापारीका साथ तिब्बत व्यापारमा गए । फर्कदा एक अनकन्टार एकान्त ठाउमा निकै राम्री राम्री युवतिले ब्यापारी आफ्नो प्रेम जालमा पारे  । यसबाट दंग दास व्यापारीहरु युवतीको चुन्गलमा फसे  तर  सिंह सार्थ बाहुलाइ राति हुदै जाँदा आफूसंगै आएका ब्यापारी साथीहरु एक एक गरि हराउदै गएको सुइको पाए ।  ख्ज्ने क्रममा उनीहरुको आभूषण, गरगहना र हड्डी मात्र देखे पछी आफु सहित बाकि रहेकाहरु लाइ उद्दार गरिदिन आर्यालोकेश्वर करुमयलाइ गुहारे । करुणामयले सतर्क गराउदै भने छन् , ‘ ति सुन्दरीहरु यक्षनि राक्षसनि हरु हुन् तीबाट बच्न नेपाल आउने बाटोमा पर्ने समुन्द्र सेतो घोडा हुने छ ,  समुद्र तर्ने बेला ति यक्षनि हरुले जालमा पारी जतिसुकै बोलाए पनि पछाडि फर्किएर नहेर्नु ।  ’    उक्त कुरा बनियापीहरुलाई पनि बताए । तर , समुद्र तर्ने  बेनामा ती सुन्दरीहरू बोलाउन  थाले , मन थाम्न नसकी पछाडि फर्किएर हेर्दा एक – एक गर्दै सबै ब्यापरी  समुद्रमा खसेर यक्षनिको आहारा बने ।

नेपाल फर्किन सफल एक मात्र सिंहसार्थबाहसँग पनि एउटी रूपवती पक्षीसँगै आइपुगेकी रहिछिन् । अत्यधिक सुन्दरी ती यक्षिणीबाट मोहित हुँदै तत्कालीन राजा सिंह केतुले यक्षक्षिणीलाई दरवारमा नै  रखौटीका रूपमा राखिदिए । मौका छोपी ती पक्षिणीले अन्य सन्गिनीलाई पनि बोलाई राजाको हत्या गरी खाइदिए । यस्तो बीभत्स स्थिति सुनी सिंहसार्थवाह राजस्थनगरी दरवार पुग्दा अवलोकितेश्वरको प्रभावका कारण यक्षणीहरू भागाभाग गर्न लागे ।

दरवारलाई मान्छे खाने यक्षिणी मुक्त गराएका कारण प्रभावित भई सम्पूर्ण जनताले  एक मुख गरेर सार्थ बाहलाई नै राजा घोषणा गरे राजा भएपछि  थँबहि ( ठमेल ) मा करुणामयको प्रतिमा प्रतिष्ठापित गराई बिहार विस्तार गराए । विशालचोकबीच कलात्मक पेगोडाशैलीको तीनतले हिल वर्तमानमा बौद्ध अध्ययनको केन्द्रको रूपमा रहेको छ । बरिपरि दुइतले वादली , वरण्डा , धातुयुक्त तोरण टायल रातिको वहिलमा ने.सं. ८०४ , ९ २४ , १०५८ का अभिनेछन् । १६ शताब्दिमा  निर्माण भएको मानिने रहस्यात्मक गुप्तदेवताको मतसँग सम्बन्धित आँगन चोकको मन्दिरको  टुँडालमा कुमारी र भैरवका कलात्मक कृति कुदिएका छन् । चोकसीच स्वयम्भू रहेको छ , विहारको मुख्य पर्व फागुन पूर्णिमामा पर्दछ। फागु पुर्णिमाको अर्को दिन  सिंह सार्थ बाहुलाइ  खतमा राखी भित्रि सहरको थने ( माथिल्लो ) कोने ( तल्लो ) सहर परिक्रमा गराउने प्रचन रहेको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal