मृत्युलाई साश्वत सत्यका रूपमा आत्मसात्गर्दै जीवनमा राम्रो काम गरे हाँसोको पात्र बन्नुपर्दैन भन्ने सन्देशका साथ देशभर नेवार समुदायद्वारा गाईजात्रे झाँकी प्रदर्शन गर्छन् । मृतात्माको स्मरण सुःखावती भूवनमा वास र निर्वाणको कामना गर्दै प्रत्येक वर्ष गुँलागा पारुका दिन मृतकका घर–घरबाट साःया अर्थात् गाईजात्रा निकाल्ने परम्परा छ । जुन व्यंग्यात्मक हास्यव्यङ्ग्य प्रहसन नेवार समाज बाहेकपनि गाईजात्रे पत्रपत्रिका, नाटक तथा सञ्चारका माध्यमबाट राष्ट्रिय चाडको रूपधारण गरिसकेको छ ।
आख्यानुसार ने.सं.५७५कालीन राजा प्रताप मल्लका कान्छा राजकुमार चक्रवतीन्द्र मल्लको शीतला रोगका कारण मृत्यु हुन पुग्दछ । राजकुमारको मृत्युमा भावविह्वल रानी राजमतीलाई शान्त राख्न राजाले जसको घरमा वर्षभरि आफन्तको मृत्यु भएको छ, उसको नाउँमा गाईजात्रा निकाल्न उर्दी जारी गरे ।
देशवासीले मृतकका नाउँमा निकालेको सापारु झाँकी हास्य प्रहसनदेखि रानीमा अनित्य संसारको सत्य ज्ञानभई आत्मसन्तुष्टि मिलेको बताइन्छ । गाईजात्रा राजा प्रताप मल्लदेखि शुरू भनिएतापनि मृतकको नाउँमा झाँकी निकाल्ने परम्परा गोपाल राजवंशावलीमा उल्लेख भएअनुरूप राजा जयस्थिति मल्लको राज्यकाल ने.सं.५०० तिर नै गीत गोविन्दावली गाउँदै देश परिक्रमा गर्ने परम्परा रहेको प्रमाणित गर्दछ भने ललितपुरको लुभुमा नयाँ घर निर्माण गरिंदा धाःधिमे बाजा बजाउँदै देश परिक्रमागर्ने अझै चलन छ । बौद्ध परम्परानुसार मृतकका नाउँमा गुँलागा द्वितीया गाईजात्राको भोलिपल्ट ललितपुरको मंगलबजारबाट निकालिने मतयाः दीपयात्रा नेकू वा श्रृङ्गभेरी जात्राको इतिहास केशर पुस्तकालयमा उल्लेख भएअनुसार राजा गुणकामदेवको राज्यकालमा नै पुनःउत्थान भइसकेको खुल्दछ । समष्टिगतरूपमा सापारु गाईजात्रा स्थानविशेष ऐतिहासिक आधारमा छुटटा छुटटै झाँकी प्रदर्शन गरिने परम्परा रहेको खुल्दछ ।
येंमी अर्थात काठमाडौंवासीले मृतकका विभिन्न स्थानबाट गाईजात्रा सापारु झाँकी ल्याई हनुमानढोका राजदरबारमा परिक्रमा गरी दान लिने दिने गरिन्छ भने
कीर्तिपुको पाँगा, मच्छेगाउँमा बाःचाहिले जात्रा हुन्छ ।
भक्तपुर ख्वपको दरबार क्षेत्रमा घिन्ताकिसी र तायमचा जात्रा हुन्छ भने
खोकनाको पोखरीमा बाख्री हत्याजात्रा गरिन्छ । त्यसैगरी ग्वल पशुपति र नरहाँडी गाउँमा यसदिन पायो जात्रा निकालिन्छ । पाटन ललितपुरमा