
काठमाडौं । नेकपा(माओवादी केन्द्र) निकट ४ संगठनहरुले ओली सरकारलाई आन्दोलनको चेतावनी दिएका छन् । बिहिबार संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गरी किसान, मजदुर, दलित र सुकुम्बासीलगायतका उत्पीडित जनतालाई अन्यायन गरेको आरोप लगाएका छन् ।
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल टे«ड युनियन महासंघ(अन्टुफ)का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाली र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियारले संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा ओली सरकारले भ्रष्टाचार र कुशासन चलाएको आरोपसमेत लगाएका छन् ।
विघटित राष्ट्रिय भूमि आयोगले १४ लाख भन्द धेरै निवेदन लिएको, १० लाख ५८ हजार भन्दा धेरै निवेदनहरुको लगत प्रविष्ट गरेको र २ लाख ५० हजार कित्ताभन्दा धेरै जमिन नापजाँच गरिसकेको र प्रचण्ड सरकारले ५ लाख परिवारलाई लालपूर्ज वितरण लक्ष्य राखि अगाडी बढाएको भए पनि ओलि सरकारले त्यसलाई रोकेकोप्रति आक्रोष व्यक्त गरिएको छ ।
आयोगको नियुक्तिदेखि लालपूर्जाको लागि समेत घुसको बार्गेनिङ भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । भूमाफियालाई पोस्ने, गिरीबन्धु टि स्टेटसहितका देशरका सायौं हदबन्दीभन्दा बढीका जग्गा फिर्ता गर्ने र बेचविखन गर्न कमसल जग्गासँग साटफेर गर्न प्रवधान ल्याएको । बैंकमा राखेर धितोको रुपमा हदबन्दीभित्रका जग्गाहरु सरह लिलाम गर्नपाउने जनतामारा व्यवस्था पूर्ण खारेज गरिनुपर्ने लगायतका माग उल्लेख छ ।
त्यसैगरी विज्ञप्तिमा सहकारी, मिटरब्याज र बैंक पीडितहरुलाई तत्काल न्याय नदिए कडा आन्दोलनको चेतावनी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।