आज :

२९ जिल्लाका २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण, सरकार अलमलमै

  • अनलाइन डबली

काठमाडौं । फेरि लम्पी स्किन रोगको महामारी फैलिने खतरा बढेको छ । सरकारकै तथ्यांकअनुसार अहिलेसम्म २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्यांकअनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो ।

रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । कोशीका ११ जिल्लामा २२ हजार १२२ वटा गाईभैँसीमा रोगको संक्रमण देखिएको छ भने हाल सम्म ६३७ पशुको मृत्य भएको मन्त्रालयले जनाएको छ । मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशुमा संक्रमण देखिएकाो छ भने १७९ पशुको मृत्यु भएको छ । बागमतीका ५ जिल्लामा ७९३ पशुमा रोगको संक्रमण पुष्टि भएको र ३० वटा पशुको मृत्यु भएको छ ।

त्यसैगरी, गण्डकीको एउटा जिल्लामा ७ वटा पशुमा मात्रै हाल सम्म रोग पुष्टि भएको छ भने लुम्बीनीका ३ जिल्लामा १६ वटा पशुमा रोग पुष्टि भएको छ र कर्णालीमा १ जिल्ला मात्रै रोगका कारण प्रभावित भएको छ । यी प्रदेशमा हाल सम्म रोगका कारण गाईभैँसीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

सरकारले हालसम्म ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाएपनि संक्रमण कसरी राेक्ने भन्नेबारे अलमलमै रहेकाे कृषिक बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal