काठमाडौँ ।थ बहि:(ठमेल)स्थित भगवान् बहाल अगाडि रहेको बिबादित छाया कम्प्लेस बिरुद्दको मुद्दाको सुनुवाई आजको लागी तोकिएको छ। बैंकर पाण्डेले कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो । मालपोत, गुठी र नापीले जवाफ पठाएको अवस्थामा आज आइतबार सो विषयमा सुनुवाइ हुनेछ ।
ऐतिहासिक कमलपोखरी राजगुठीको जग्गा अतिक्रमण गरेर बनाइएको सो कम्प्लेक्स वा सेन्टरविरुद्ध शुरूदेखिको सम्पदा अभियन्ता, संस्कृति तथा गुठियारहरूको संघर्ष र गुठी जग्गा अतिक्रमण गरी बनाइएको एकपछि अर्को प्रमाणहरू फेला परेपछि सञ्चालकहरू भने रक्षात्मक बन्दै गएका छन् ।
सर्बोच्च अदालतको आदेश अनुरुप यस अघिनै गुठि सस्थानले ठमेल स्थित ऐतिहासिक कमल पोखरीको राज गुठीको जग्गा छाया सेन्टरले अतिक्रमण गरेको व्यहोरा सहितको जवाब पठाइसकेको छ।
सर्वोच्चले कमल पोखरी अतिक्रमण भएको बिष्तृत विवरण संकलन गरि त्यसको सत्य तटी बुझाउनु भनि सरकारका नाममा आदेश चार महिना पछी गुठि सस्थानले टसको बिष्तृत विवरण सहितको पत्र बुझाएको थियो ।
अदालतले साढे २६ रोपनी क्षेत्रफ़लमा फैलिएको पोखरी र त्यसको डिलको जग्गाको साबिक लागत अनुसारको सम्पूर्ण विवरण र मिसिल झिकाउन गत चैत्र २० गते आदेश दिएकोमा नापी र मालपोत कार्यालयले भने यस अघि नै विवरण बुझाइसकेको छ। गुठि सस्थानले पनि छाया सेन्टरले कमल पोखरीको राज गुठीको जागा हडपेको बिषय खुलाउदै सर्बोच्चमा पत्र पठाए पछी अब सो जागा जफत हुने र सो संगै छाया सेन्टरको भविष्य संकटमा पर्ने देखिएको हो।
बि स २० ३३ सालमा सहरी क्षेत्रको नापी भएको थियो। नापी हुँदा उक्त पोखरी कि नं १६७ र पोखरीको डिल १७४४ कायेम भएको थियो। त्यो भन्दा अघि पोखरी र पोखरीको डिल १८३ कायेम गरिएको थियो। साविक लगत अनुसार सो जग्गा श्री सिंह सारथ बाहु गरुड भगवानको नाममा रहेको थियो। नापी पछी कित्ता नम्बर १६७ को क्षेत्रफ़ल् १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्डमा छ। बि स २०३९ जेष्ठ २४ गतेको भूमिसुधार मन्त्रालयको जग्गा धनि पुर्जामा पनि उक्त कि नं पोखरी नै रहेको उल्लेख छ।
के हो लिक्षिविकालमा बिकास भएको थँवहिल ( विक्रमशिल महाविहार ) ?
नेपाल भाषामा ‘ थँ ’ को अर्थ जेष्ठता , उच्चता अग्लो र माथिल्लो हो । थँवहिल इलाका यँगाल, लगन, इन्द्रचोक भन्दा माथि अर्थात अग्लो ठाउंमा परेकाले यस ठाउंमा श्रेष्ठ प्रधानद्वारा क्रमशील धर्मधातु राजमहाविहारलाई थँवहिल भनिएको हो । थँवहिल शब्द अपभ्रंश हुँदा ठमेल बन्न पुग्यो , जसरी कीर्तिपुरको चोयबहा: ( उच्च ठाउँमा रहेको बुद्ध विहार ) चोभार बन्न गयो ।
राजा गुणकामदेवले ने स . १०६ ताका कान्तिपुर नगरलाई व्यवस्थित ढंगमा बसाउँदा थमग्राम भनिने थँवहिल काठमाडी नगरदेखि बाहिर एकलास – एकान्त र छुट्टै स्थानमा थियो । नगरलाई ठहिटी क्वा बहालदेखि असन माछा देवतासम्म चधुपुर्द , माछा देवतादेखि मखन बहालसम्म दथुपुँई, मखन देखि मरूसत्तल ( काष्ठमण्डप ) सम्म लायकुपुई र काष्ठमण्डप मरूसत.देखि यंगाल हिटीसम्म क्वथुपुई गरी जम्मा ४ प्रशासनिक एकाइमा वर्गीकरण गरिएको थियो । चारवटा पुईभित्र १८ वटा बज्राचार्यको मूल महाविहार र १६ शाक्यको बुद्ध विहार रहेका छन् । तर यी कुनै पनि बिहार र महाविहारसँग कुनै सम्बन्ध नरहेका प्रधान जातका श्रेष्ठको बहिल बुद्ध बिहार दे आचार्य गुथिसँग पनि सम्बन्धित छैन् ।
ने.सं. ३४४ मा निर्मित थँवहि ( विक्रमशील महाविहारको मूलदेवता सिंहमार्थवाह ( गरूड भगवान ) लाई मूल मानी पुज्ने परम्परा छ । सिंहसार्थवाह प्रधानका पुर्खा हुन् , बिहारका हरेक पूजा , पर्व , जात्रालगायत कार्य , काठमाडी नगरभित्रका वटा कलमा बसोबास गर्ने मान प्रधान , लाल प्रधान , प्रसाद प्रधान र नरसिंह प्रधानको नेतृत्वमा ती कव:मा पनि तखाछें कब , दुनेछें कव: , तासीचुक कव: र पिण्याछे कव: , मुख्य ताला बक , तर्ध कब र असं कव:का प्रधान श्रेष्ठहरू सहायक हुन् । बालाजुमाथि जामाचो नागार्जुन चेत्यलाई दुगुद्यो र पुरानो गुहेश्वरी मनमैजुलाई आँगनदेवता मान्ने थँवहिलका प्रधानहरू उपत्यकावासी श्रेष्ठ बुद्धधर्मावलम्बीको आस्था केन्द्रको रुपमा रहदी आएको छ ।