आज :

पेरिस ओलम्पिक आज समापन हुदैँ, ३९ स्वर्णसहित चीन पहिलाे र अमेरिका दाेस्राे स्थानमा

  • अनलाइन डबली

काठमाडाैँ । पेरिस ओलम्पिकको समापन समारोह आज हुदैँछ । एक रोमाञ्चक खेलहरूको मनोरञ्जनात्मक प्रस्तुति दिएर सो समारोहको अन्त्य गरिनेछ ।

सो समापन समारोह पेरिसको स्थानीय समय अनुुसार करिब  साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ । टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ।

अर्को ओलम्पिक खेल लस एन्जल्स अमेरिकामा २०२८ मा हुनेछ ।

यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो नम्बरमा छ भने एसियाका जापान र दक्षिण कोरिया पद जीत हासिल गर्ने उत्कृष्ट १० मा परेका छन भने अफ्रिका र दक्षिण अमेरिकाका देश भने शिर्ष १० मा अटाउन असफल भएका छन् ।

हालसम्मको नतिजा अनुसार सबैभन्दा बढी स्वर्ण पदक जितेर चीन पहिलो स्थानमा छ । उसले ३९ स्वर्ण, २३ रजत र २४ काँस्य पदकसहित ९० वटा पदक जितेर पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण जित हासिल गरेको छ भने ४२ रजत र ४२ काँस्य गरी उसले १२२ वटा पदक जितिसकेको छ । पदक संख्याको हिसाबले अमेरिका पहिलो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ५० वटा पदक जितको छ । जसअनुसार १८ स्वर्ण, १८ रजत र १४ काँस्य पदक रहेका छन भने चौथों स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ काँस्यसहित ४३ पदक जीत हासिल गरेको छ ।

६२ पदकसहित पाँचौं स्थानमा रहेको फ्रान्सले १६ स्वर्णसहित २४ रजत र २२ काँस्य पदक जीत हासिल गर्न सफल भएको छ  । आयोजक फ्रान्स पछि छैटौं नम्बरमा रहेको बेलायतले १३ स्वर्ण, २२ रजत र २७ काँस्यसहित ६३ पदक जितेको छ ।

सातौं स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ८ काँस्य पदकसहित कुल ३० पदक जीत हासिल गरेको छ भने आठौं नम्बरमा रहेको नेदरल्याण्डले १३ स्वर्णसहित ७ रजत र १२ काँस्य गरी ३२ पदक जीत हासिल गरेका छन् ।

जर्मनी कुल ३१ पदकसहित नवौं स्थानमा रहेको छ, जसले १२ स्वर्ण, ११ रजत र ३ काँस्य पदक जितेको छ भने १० औं स्थानमा रहेको इटालीले ११ स्वर्ण, १३ रजत र १५ काँस्यसहित ३९ पदकमा बिजयी हासिल गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal