
काठमाडौँ । भारत काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।
भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ । दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ ।
त्यस्तै फाइनल खेल बुधबार अपराहन्न ५ बजेदेखि शुरु हुने छ ।