काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । उद्दारमा खटिएका सुरक्षाकर्मीहरुले जहाजमा लागेको आगो निभाउन खटिएको छ । तर, यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।
उक्त जहाज भित्र चालक दलका सदस्यसहित १९ जना यात्रु रहेका छन् । विमानस्थल स्रोतका अनुसार जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो । केही समयपछि जहाजमा धुँवाको मुस्लो आएको थियो ।
धुँवाको मुस्लो भएका कारण जहाज भित्र रहेका यात्रुको अवस्था अहिलेसम्म जानकारी आएको छैन । उनीहरु जोखिममा रहेको बताइएपनि सुरक्षित बाहिर निकाल्न सकिन्छ वा क्षति हुन्छ अहिले भन्न नसकिने अवस्था रहेको बताइएको छ ।