आज :

सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान

  • अनलाइन डबली

 

काठमाडौं । नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् ।

आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर र टोरन्टोबीच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ ।

सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal