आज :

कर्णाली प्रदेशमा नेपाल स्क्वास राकेट्स संघ गठन

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेशमा नेपाल स्क्वास राकेट्स संघ गठन गरिएको छ । आइतबार सुर्खेत स्थित निर्माणाधिन प्रदेश रंगशालास्थित खेलकुद परिषद्को कार्यालयमा चन्द्र कुमार गिरीको अध्यक्षतामा ११ सदस्यीय स्क्वास राकेट्स संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा शेर बहादुर जिसी,सचिवमा जगत प्याकुरेल, कोषाध्यक्षमा विनोद बोहोरा रहेका छन् । सदस्यहरुमा यज्ञ बहादुर गुरुङ,प्रयागराज दाहाल, भुवन सिंह ठकुरी, लक्ष्मी केसी,विनभ शाही र झलनाथ राना रहेका छन् ।

एक जनालाई पछि मनोनयन गरिने अध्यक्ष गिरीले जानकारी दिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालको प्रमुख आतिथ्यता तथा नेपाल स्क्वास राकेट्स संघका केन्द्रिय अध्यक्ष धुर्व बहादुर गुरुङ र उपाध्यक्ष रुपकदास ताम्राकारको विशेष आतिथ्यता नेपाल स्क्वास संघ गठन गरिएको हो ।

कर्णाली प्रदेशमा मंसीरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितमा समेत स्क्वास खेल समावेश गरिने गरि तयारी गरिएको संघका कर्णाली प्रदेश सचिव जगत प्याकुरेले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशको निर्माणाधिन प्रदेश रंगशाला परिसरभित्रै स्क्वास कोर्ट समेत निर्माण गरिदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal