आज :

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, अमेरिका सुपर आठमा

  • अनलाइन डबली

काठमाडौँ । पाकिस्तान जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । समुह ए बाट अमेरिका सुपर आठमा पुगेसँगै पाकिस्तान समुह चरणबाट नै बाहिरिएको हो ।

गएराती हुनुपर्ने अमेरिका र आयरल्याण्डबीचको खेल बर्षाले रद्ध भएपछि समुह ए मा अमेरिकाको ४ खेलमा ५ अंक भएसँगै सुपर आठमा पुगेको थियो । समुह ए बाट भारत यस अघिनै लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।

पाकिस्तानले शुरुका दुई खेलमा लगातार हार बेहोरेपछि सुपर आठको सम्भावना कठिन बनेको थियो । तेस्रो खेलमा क्यानडाविरुद्ध जित हासिल गरेपनि अब पाकिस्तानको विश्वकप यात्रा टुंगिएको छ । अब पाकिस्तानले आफ्नो अन्तिम खेल आयरल्याण्डविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal